बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको अध्यक्षमा  पोखरेल

सोमबार, २१ जेठ २०७५, ११ : ०१
सोमबार, २१ जेठ २०७५

मेलबर्न–नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको अध्यक्षमा सुरेश पोखरेल चयन भएका छन् । 

मेलबर्नमा सम्पन्न प्रथम महाधिवेशनबाट  पोखरेल आगामी दुई वर्षे कार्यकालको लागि पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

 यसै गरि अन्य पदाधिकारीहरुमा विनित राज शर्मा उपाध्यक्ष, गणेश पौडेल सचिव, गोपाल काफ्ले सह सचिव र  बि पि कोइराला कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

 यसै गरि निर्वाचित सदस्यहरुमा सीजन थापा, सविता लामिछाने, अनिता पौडेल, प्रकाश कार्की, विनोद लामा, सुबास बराल, गणेश कँँडेल, तिलक सापकोटा, सोभित प्रधान, कमल लामिछाने, राम कँडेल, नरेश रावल, शिशिर बस्ताकोटी, दिनेश बञ्जारा र मनोनित सदस्यहरुमा सोमप्रसाद गुरुङ, नारायण काफ्ले, देबेन्द्र बस्नेत,रमेश कार्की, प्रकाश आचार्य र हरि भुषाल रहेका छन् । 

महाधिवेशनबाट संस्थाको सल्लाहकारमा दुर्गा आचार्यलाई मनोनित पनि गरिएको छ ।  उद्घाटन सत्र र  बन्द सत्र गरि दुई भागमा विभाजित कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस चितवन जिल्ला पुर्व सभापति टिकाराम न्यौपाने एवं विशेष अतिथि भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योन्जन रहेका थिए । 

 महाधिवेशनलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, नेपलिज एशोसिएशन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरे, जन प्रगतिशिल मञ्चका निरञ्जन गौलीका साथै जन सम्पर्क समिति नर्दन टेरिटरीका अध्यक्ष सविन बराल, जन सम्पर्क समिति क्विनस्ल्याण्डका अध्यक्ष अभिमन्यु केसी, जनसम्पर्क समिति क्यानबेराका अशोक सुवेदी, जनसम्पर्क समिति एडिलेडका प्रेम पाठक लगायतले सम्बोधन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप