शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डि गेयाले गल्ती गर्दा स्पेन रोकियो

सोमबार, २१ जेठ २०७५, १० : २६
सोमबार, २१ जेठ २०७५

भिल्लेरियाल । डेभिड डि गेयाको गल्तीको फाइदा उठाउँदै स्वीटजरल्याण्डले विश्वकपको प्रबल दाबेदार मानिएको स्पेनलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

गत मार्चमा अर्जेन्टिनालाई ६–१ गोल अन्तरले हारएको स्पेनले आइतबार भएको मैत्रिपूर्ण खेलमा पनि अग्रता लिएको थियो । अल्भारो ओड्रियोजोलाले २० यार्ड टाढाबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

तर, स्पेनका गोलकिपर डि गेयाले गल्ती गरेपछि रिकार्डो रोड्रिग्वेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

रियल म्याड्रिडका कुनै पनि खेलाडी बिना मैदानमा उत्रेको स्पेन अझै प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा अपराजित रहेको छ ।

सन् २०१६ मा भिन्सेटे डेल बस्कको स्थानमा आएका ५१ वर्षीय प्रशिक्षकले त्यसयता १९ खेलमा १३ मा जीत र ६ मा बराबरी गरेका छन् ।

स्पेनले अब शनिबार ट्युनिसियाको सामना गर्नेछ भने स्वीटजरल्याण्ड शुक्रबार जापानसँग भिड्नेछ ।

स्पेन पोर्चुगल, मोरक्को र इरानसँग समूह बीमा रहेको छ । जुन १५ मा पोर्चुगलको सामना गर्दै स्पेनले विश्वकपको यात्रा शुरु गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप