बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमार फर्किँदा ब्राजिल विजयी

सोमबार, २१ जेठ २०७५, ०९ : ५४
सोमबार, २१ जेठ २०७५

एनफिल्ड । चोटमुक्त भएर खेल फर्कदैँ नेयमारले शानदार गोल गरेपछि ब्राजिलले मैत्रिपूर्ण खेलमा क्रोएसियालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

एनफिल्डमा भएको खेलमा पेरिस सेन्ट जर्मेनका २६ वर्षीय स्टार खेलाडीले चेल्सीका विलयान र बार्सिलोनाका फिलिपे काउन्टिन्होसँगको तालमेलमा खेलको ६९ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

यसअघि निकै ‘हाइ टेम्पो’ खेल प्रदर्शन गरेको क्रोएसियाका लागि डेजान लोभ्रेन र आन्द्रेज क्रामारिचले गोलको अवसर प्राप्त गरेका थिए ।

तर, इन्जुरी समयमा लिभरपुलका रोबर्टो फर्मिन्होले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे ।

गत मार्चमा विश्वकपमा छनौट हुने पहिलो टोली बनेको ब्राजिलले अब आइतबार अन्तिम मैत्रिपूर्ण खेलमा अस्ट्रियाको सामना गर्नेछ । 

समूह ईमा रहेको ब्राजिलले जुन १७ मा स्वीटजरल्याण्डको सामना गर्दै विश्वकपको यात्रा सुरुवात गर्नेछ ।

आइतबार भएका अन्य मैत्रिपूर्ण खेलमा कोस्टारिकाले उत्तरी आयरल्याण्डलाई ३–० ले पराजित गर्यो भने मेक्सिकोले स्कटल्याण्डलाई १–० ले हरायो । पेरुले पनि साउदी अरेबियामाथि ३–० को जीत निकाल्यो ।

होन्डुरस भने एल साल्भाडोरसँग १–० ले पराजित भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप