प्राध्यापकको भाइरल डान्स हेरेपछि गोबिन्दाले दिए यस्तो प्रतिक्रिया
सालीको विवाहमा डान्स गरेको भिडियो सार्वजनिक भएपछि सोसल मिडियामार्फत रातारात भाइरल भएका प्राध्यापक संजीव श्रीवास्तवका प्रशंसकको सूचीमा बलिउड सेलिब्रिटी पनि समावेश भएका छन् । गोबिन्दाको फिल्मको गीतमा डान्स गरेर संसारभरी चर्चित भएका श्रीवास्तवको चर्चा गोबिन्दाले पनि गरेका छन् ।
एक अन्तर्वार्तामा गोबिन्दाले उक्त भिडियो आफन्तमार्फत ह्वाट्सएपमा पाएको र आफूले हेरेपछि श्रीमतीलाई पनि देखाएको बताए ।
गोबिन्दाले ती प्राध्यापकको ध्यान केवल नाच्नमा मात्र केन्द्रित भएकाले उनको डान्स भाइरल भएको बताए । उनले भने, ‘ अंकलजीको सबैभन्दा ठूलो विशेषता यो हो कि उनको पूरा ध्यान केवल नाच्नमा मात्र केन्द्रीत छ । उनलाई वरिपरिका मानिसहरु देखेर न त झर्को लागिरहेको छ न नै कसैले के भन्ला भनेर सोचेका छन् ।’
सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित)
उनले ती प्राध्यापकले गज्जबको डान्स गरेको बताएका छन् । उनी थप्छन्, ‘हामीलाई त सुटिङमा कोरियोग्राफरले डान्स सिकाउँछन् । तर, अंकलजीले जे गर्नुभएको छ, त्यो बास्तवमा कमालको छ ।’
गोबिन्दाले थपे, ‘अहिले पनि मानिसहरुले मलाई नक्कल गरिरहेको देख्दा निकै खुसी लाग्छ । डान्सिङ अंकलले यसरी नै डान्स गरिरहनुपर्छ भन्ने मेरो चाहना छ ।’
आखिर कहाँ छन् ‘हिरो नम्बर वन’ गोबिन्दा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण