केन्द्रीय संस्करण

डिआरएनले ल्यायो विश्वकप लक्षित कर्भ्ड टीभी, टीभी किन्दा विशेष उपहार पनि

person access_timeजेठ २०, २०७५ chat_bubble_outline0

काठमाडौं। नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन कर्भ्ड टीभी बिक्री योजना ल्याएको छ। १९ वर्षदेखि इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टीभी ल्याएको हो।

कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टीभी ल्याएको बताउँदै कर्भ्ड टीभी किन्ने उपभोक्तालार्इ विशेष उपहार समेत दिने बताए । उनले विश्व बजारमा आएको पछिल्लो प्रविधिलार्इ प्रयोग गर्दै कर्भ्ड टीभी उत्पादन गरेको बताउँदै कर्भ्ड टीभीका धेरै विशेषता रहेको बताए ।

उनले कर्भ्ड टीभी विश्वकपलार्इ लक्षित गरेर ल्याएको र यो टीभी अरु एलइडी टीभी भन्दा फरक भएको पनि बताए । कर्भ्ड टीभी शुन्यदेखि १८० डिग्रीमा हेर्न मिल्ने, ४० देखि १२० डिग्रीमा हेर्दा क्लियर भिजन देखिने र टीभीबाट जाने ‘रे’ हरु फरक फरक दिशामा जाने भएकाले आँखालार्इ रिल्याक्सेशन हुने कम्पनीको दावी छ । कम्पनीले ३२ इन्चदेखि ५३ इन्चसम्मको कर्भ्ड टिभी ल्याएको पनि बताएको छ । ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ