गुल्मीदरबार गाउँपालिकाको निर्णयः वडाध्यक्षलाई फोनदेखि मोटरसाईकलसम्म खरिद
प्रेम सुनार
गुल्मी– गुल्मी दरबार गाउँपालिकाले वडा अध्यक्षदेखि गाउँ कार्यपालिकाका सदस्यलाई मोवाईलदेखि मोटरसाईकल सम्मको सुविधा उपलब्ध गराउँदै आएको छ । गुल्मी दरबार गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुलाई एक–एकवटा मोटरसाईकल र मोवाईल फोन सुविधा उनीहरुको दैनिक व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए ।
गाउँपालिकाका लेखापाल केशव पन्थीका अनुसार तम्घासको सगरमाथा अटोमोवाईल्स स्वरुमबाट बजाज कम्पनीका मोटरसाईकल २ लाख ३५ हजार ९ सय रुपैयाँका दरले १० वटा खरिद गरिएको छ । त्यस्तै प्रतिमोवाईल १३ हजार २ सय १० मूल्यका दरले वडाध्यक्षसहित १३ जना गाउँ कार्यसमिति सदस्यलाई मोवाईल खरिद समेत गरेर दिइएको छ ।
गाउँपालिका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु भने मासिक १ लाख १० हजार भाडाको गाडी चढ्ने गरेका छन् । गत असार मसान्तदेखि फागुन सम्म ४ लाख ४१ हजार ६ सय ७ रुपैयाँको ईन्धन खर्च उठेको लेखापाल पन्थीले बताए ।
त्यस्तै बैठक भत्ता ६ महिनाको अन्तरालमा १५ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च भइसकेको जानकारी उनले दिए । चैत्र ९ गते पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरी मोटरसाईकल खरिद गरिएको जानकारी त्यस कार्यालयका सुचना तथा प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ