बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रोे “हिमालयन ट्राभल मार्ट २०१८” सम्पन्न, ५ लाख पर्यटक आगमनको जग बस्यो

आइतबार, २० जेठ २०७५, १९ : ०५
आइतबार, २० जेठ २०७५

काठमाडौं । “हिमालयन ट्राभल मार्ट २०१८” को दोस्रोे संकरण सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व तथा आतिथ्यतामा, नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रही पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको हो ।

ट्राभल मार्टमा २६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र यु ए इ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता रहेको थियो । जेष्ठ १८—२० सम्म आयोजना भएको यस कार्यक्रमको मुख्य विषय “सस्टेनएवल रोड टु फाइभ मिलियन भिजिटर्स बाई २०३०” थियो  जुन विषयमा विभिन्न देशहरुवाट आएका पर्यटन विज्ञहरुले आफ्ना विचार व्यक्त गरेका थिए । 

कार्यक्रमका मुख्य आकर्षणमा अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स मिडिया थियो जहाँ १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता थियो । ती ब्लगर्सले नेपाल लगायत विश्वका अनेक ठाउँहरुमा पर्यटन सम्बन्धि समस्या र समाधान विषयमा आफ्ना बिचारहरु ब्यक्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सामाजिक संजाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने र नकारात्मक कुराहरुको निराकरण गर्ने विश्वास ब्यक्त गरेका थिए ।

त्यस्तै मार्टको मुख्य सत्रलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयासमा जोड दिए ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशीले नेपाल हिमाली गन्तब्यहरुको केन्द्रबिन्दु रहेको र नेपाल साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताए । कार्यक्रममा अन्तराष्ट्रिय चीन लगानी मञ्चका अध्यक्ष डा. मार्कोस लि ले चीनको पर्यटन बजारवाट कसरी नेपालले फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप