बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

आइतबार, २० जेठ २०७५, १६ : ५८
आइतबार, २० जेठ २०७५

स्पेन–गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी गर्नेे उद्देश्यले उपसमिति गठन भएको हो ।

बैठकमा उपसमितिका सल्लाहकारद्वय  डा. बोधराज सुबेदी र धरम केसीले बैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुको समस्याबारे जानकारी संकलन गरि त्यसको छलफल सम्बन्धित मुलुकका एनआरएनएसँग गर्नु पर्ने आबश्यकता रहेको बताएका थिए । त्यस्तै बैठकले  नवराज पोखरेललाई  उपसमितिको उपसंयोजकमा नियुक्त गरेको छ । 

आगामी महिनामा हुने दोस्रो बैठकमा उपसमितिका सहभागी सदस्यहरुले आआफ्नो क्षेत्रमा बैदेशिक रोजगारमा बिदेशिएका नेपालीहरुका बिबिध समस्या हरुको लिखित टिप्पणी पेश गर्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्नु पर्ने आबश्यक भएको बताए । 

बैठकमा संयोजक खरेल (स्पेन), उपसंयोजक नवराज पोखरेल (रोमानिया), सल्लाहकारद्वय डा. बोधराज सुबेदी(पोल्याण्ड) र धरम के.सी.(सउदी अरब), का साथै मिन कुमार श्रेष्ठ (फ्रान्स),  मित्रलाल पार्दे (पोल्याण्ड), दिनेशबाला श्रेष्ठ (ईटली), सुरेशराज त्रिपाठी (साउदी अरव), केदारनाथ ढुंगाना (स्पेन), सन्तोष पौडेल (स्पेन), आनन्द घिमिरे (पोल्याण्ड), भगवती बस्नेत,(ईजरायल) डिल्ली खरेल ’सुमन’ (रसिया) र जर्मनीका डा. यज्ञ अधिकारीको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप