खानेपानी मन्त्रालयभित्र आकासे पानी : यसरी राखिन्छ ढोकामा बाल्टी (भिडियो)
सिंहदरबारस्थित एक भवन, जहाँ दुई मन्त्रालय सञ्चालनमा छन् । पहिलो देखि तेश्रो तलासम्म भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय छ । चौथो तलमा पुगेपछी अर्को मन्त्रालय भेटिन्छ । भवन भित्रै भित्तामा ठूलो अक्षरमा लेखेर मन्त्रालयको बोर्ड बनाइएको छ । बोर्डमा लेखिएको छ, नेपाल सरकार खानेपानी मन्त्रालय ।
खानेपानी मन्त्री विना मगरको कार्यकक्ष नजिकै अर्को कोठाको ढोकामा अचेल हरेक दिन रातो बाल्टी राखिएको हुन्छ । मन्त्रालयको नामजस्तै ढोका छेउको त्यो बाल्टीमा पानी हुन्छ ।
पानी भएको बाल्टी मन्त्रालयको ढोकाको छेउमा घडाको रुपमा राखिएको भने हैन । बर्षाको बेला छतबाट भित्र खस्ने पानी यही बाल्टीमा थाप्ने गरिएको छ ।
बाल्टीमा पानी भरिएपछी मन्त्रालयका पिउनले फ्याँकेर पुन त्यही ठाँउमा राख्ने गरेका छन् । बर्षातमा छतबाट भित्र चुहिने पानीले खानेपानी मन्त्रालयमा हिलो नहोस भनेर यसरी बाल्टी थाप्ने मन्त्रालयको जुक्ती तपाईलाई कस्तो लाग्यो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण