शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्रालयभित्र आकासे पानी : यसरी राखिन्छ ढोकामा बाल्टी (भिडियो)

आइतबार, २० जेठ २०७५, १५ : ४४
आइतबार, २० जेठ २०७५

सिंहदरबारस्थित एक भवन, जहाँ दुई मन्त्रालय सञ्चालनमा छन् । पहिलो देखि तेश्रो तलासम्म भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय छ । चौथो तलमा पुगेपछी अर्को मन्त्रालय भेटिन्छ । भवन भित्रै भित्तामा ठूलो अक्षरमा लेखेर मन्त्रालयको बोर्ड बनाइएको छ । बोर्डमा लेखिएको छ, नेपाल सरकार खानेपानी मन्त्रालय । 

खानेपानी मन्त्री विना मगरको कार्यकक्ष नजिकै अर्को कोठाको ढोकामा अचेल हरेक दिन रातो बाल्टी राखिएको हुन्छ । मन्त्रालयको नामजस्तै ढोका छेउको त्यो बाल्टीमा पानी हुन्छ ।

पानी भएको बाल्टी मन्त्रालयको ढोकाको छेउमा घडाको रुपमा राखिएको भने हैन । बर्षाको बेला छतबाट भित्र खस्ने पानी यही बाल्टीमा थाप्ने गरिएको छ ।

बाल्टीमा पानी भरिएपछी मन्त्रालयका पिउनले फ्याँकेर पुन त्यही ठाँउमा राख्ने गरेका छन् । बर्षातमा छतबाट भित्र चुहिने पानीले खानेपानी मन्त्रालयमा हिलो नहोस भनेर यसरी बाल्टी थाप्ने मन्त्रालयको जुक्ती तपाईलाई कस्तो लाग्यो ?    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप