शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले गरे अन्नपूर्ण म्याराथनको समापन

आइतबार, २० जेठ २०७५, १५ : १९
आइतबार, २० जेठ २०७५

कास्की– नेकपाका अध्यक्ष प्रचण्डले कास्कीको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव अन्तर्गत अन्नपूर्ण म्याराथनको समापन गरेका छन् ।  विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार भएको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन सम्पन्न भएको हो ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाउने भएका छन् । आइतबार बिहान ७ बजे शुरु भएको म्याराथनमा विभिन्न उमेर समूहका देखि सबैभन्दा ज्येष्ठ धान्द्रुकका ५० वर्षीय कविमान गुरुङको सहभागिता रहेका थियो ।

“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन भएको हो । म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ ।

म्याराथनमा प्रथम हुने धावकले रु एक लाख र दोस्रोले रु ७० हजार, तेस्रोले रु ५० हजार नगद पुरस्कारको पाउने र उत्कृष्ट १० जना भित्रपर्ने धावकले सान्त्वना पुरस्कार पाउने व्यवस्था गरिएको छ । असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरणगत पुस १० देखि १५ गतेसम्म विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप