एईसीसी ग्लोबल “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” हुँदै
काठमाडौं । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयर “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” यही जुन ४, ६ र ७ मा काठमाडौं, चितवन र पोखरामा एकैसाथ गर्ने भएको छ । एईसीसी ग्लोबलले आयोजना गरेको फेयरमा काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुने ग्लोबलले जनाएको छ ।
मेलाको यस संस्करणमा काठमाडौंमा ११०० र चितवन र पोखरामा ३ सय ५० भन्दा बढी सहभागीहरु उपस्थित हुने अपेक्षा गरिएको छ । यस कार्यक्रमको मुख्य आकर्षण एईसीसी ग्लोबलले उपलब्ध गराउने भिसा डक्यूमेण्टेसन, क्यारियर काउन्सिलिङ तथा टेष्ट प्रिपेरेशन बुथजस्ता अद्वितीय सेवा रहेको छ ।
एईसीसीले लामो समयदेखि विद्यार्थीहरुको शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षका लागि सही सल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्ट २०१६ देखि वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आइरहेको छ । तर उच्च मागलाई मध्यनजर गर्दै २०१८ देखि भने वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
२०१८ जनवरीमा यस संस्थाद्वारा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए जहाँ उनीहरुले सहभागी ३४ कोर्ष प्रदायकहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेका थिए ।
सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने