शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूनाईटेड बेभरेजका पल्पी जुस नेपाली बजारमा

आइतबार, २० जेठ २०७५, १३ : ३४
आइतबार, २० जेठ २०७५

चितवन । बिगत ५ बर्षदेखि आफ्ना पल्पी ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको यूनाईटेड बेभरेज प्रा. लि.ले ह्याप्पी आवर ब्राण्ड मार्फत नयाँ जुसहरु बजारमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एक कार्यक्रकाबीच नयाँ जुस सार्वजनिक गर्नुभएको हो ।

उत्पादनको शुरुमा म्याङगो र पिङ्क ग्वाभा गरी दुई फ्लेवरमा आएको र उपभोक्ताको मागलाई ध्यानमा राखी थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरीएको कम्पनीले जनाएको छ । नयाँ ह्याप्पी आवर ब्राण्ड मार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको बेभरेजले जनाएको छ । यो जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने कम्पनीको दावी छ ।

पछिल्लो समय देशको कूल मागको ६० देखि ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भएको कम्पनीले बताएको छ । चितवनको रत्ननगर नगरपालिका –१० मा संचालित यो उद्योग नेपाली व्यबसायीको मात्र नभएर बिभिन्न मुलुकमा रहेका गैरआबासीय नेपालीहरुको समेत लगानीमा संचालित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप