शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’-८ : सिन्डिकेट तोड्ने मयूर यातायातमा पनि यात्रुले पाएनन् राहत

आइतबार, २० जेठ २०७५, १३ : ३३
आइतबार, २० जेठ २०७५

काठमाडौँ । 
स्थान — सामाखुशी  
समय— बिहानको ९ः ४० 
यातायात— मयूर यातायात ।

गत शुक्रबार ११ गते देखि रातोपाटी संवादाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले महसुस गरे—नगरेको जान्ने कोशिस गरेको आज एक साता भयो । 

उनीहरुले काठमाडौँका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् । ‘रियालिटी टेस्ट’ —१ शुक्रबार उनीहरुले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए ,जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए । 

आइतवार ‘रियालिटी टेस्ट’—२ भएको थियो साँझा यातायातको । संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले  आइतवार गोँगबुबाट ललितपुरको पुल्चोक सम्म साँझा यातायात निकै भिड देखे । सिन्डिकेट अन्त्य पछि पनि यहाँ यात्रुहरुले सहज रुपमा यात्रा गन पाएका छैनन् ,पहिला जस्तो थियो अहिले पनि ,त्यस्तै अवस्था छ ।

‘रियालिटी टेस्ट’—३ अन्तगर्त सोमबार संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले सिटी यातायातको जो।ापटी देखि रत्नपार्क सम्म यात्रा गरेर यात्रु संग कुरा गरेका थिए । त्यहाँ पनि सिन्डिकेट हटे पछि कुनै पनि परिवर्तन नभएको यात्रुहरुको भनाई थियो । 

‘रियालिटी टेस्ट’ — ४ अन्तर्गत मंगलबार रातोपाटी संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले अन्नपूर्ण यातायातमा यात्रा गरेर यात्रुसंग कुराकानी गरेका थिए ।

रत्नपार्क, भृकुटीमण्डप, माईतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, पेप्सीकोला हुदै काडाँघारी सम्म जाने अन्नपूर्ण यातायातमा उनीहरु (सोमबार साँझ ५ बजे) रत्नपार्क देखि कोटेश्वार सम्म चढे ।

बिहानको यात्रुहरुसँग सिन्डिकेटको बारेमा बसमानै यात्रागरेर रिर्पाेटीङ गर्दा खासै परिवर्तन नभेटिएको यात्रुहरुको गुनासो सुनिरहदा  साझँको यात्रामा पनि सिन्डिकेटको बारेमा यात्रु सँग बुझ्ने प्रयत्न गरेका थिए । जहाँ समस्या बिहानको भन्दा पनि अझ धेरै सकस पूर्ण देखियो । 

अहिले सम्म सिन्डिकेट हटे पछि सार्वजनिक यातायातमा परिवर्तन आए नआएको बारेमा ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुसँगको कुराकानी हामीले समेटेका थियौँ । 

‘रियालिटी टेस्ट’— ४ सम्ममा उपत्यकाको ४ वटा रुट र ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुहरुसंगको कुराकानी समेटेका थियौँ । 

‘रियालिटी टेस्ट’—५ अन्तर्गत (बुधवार) माईक्रोमा यात्रा गर्ने यात्रुहरुसँगको कुराकानी समेटेका थियौ । रत्नपार्क देखि बानियाटार सम्म संचालन हुने माईक्रोमा यात्रा गर्ने यात्रुसंग सिन्डिकेट अन्त्य पछि माईक्रोमा यात्रा गर्दा परिवर्तन आए नआएको बारेमा बुझेका थिए । 

बेलुकाको समयमा घर जानको लागि निकै लामो समय देखि लाईनमा बसिरहेको यात्रुहरुसंग कुराकानी गरेका थिए । सिन्डिकेट पछि माइक्रोको यात्रामा पनि खासै परिवर्तन नआएको पाईएको छ । 

‘रियालिटी टेस्ट’—६ अन्तर्गत संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले (बुधबार) बेलुका फोर्स यातायातमा यात्रा गरेर सिन्डिकेट अन्त्य पछि परिर्वतन आए नआएको बारे बुझेका थिए ।

फोर्स यातायात लगनखेल, जावालाखेल, पुल्चोक, कुपोण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी, टंकेश्वर, डल्लुदेखि ढल्कु,नयाँ बजार, सोह्रखुट्टेसम्म जाने एक मात्र यातायात हो । भिड नहुने कुरै भएन । उनीहरु कुपोण्डोल देखि टंकेश्वरसम्म झुण्डिएरनै यात्रा गरेका थिए । 

कम सवारी साधन हुँदा झुण्डिएर भएपछि घर जान बाध्य भएको कुरा फोर्स यातायातमा देखेका थिए । 

माईक्रोभन्दा अलि ठूलो अनि बस भन्दा सानो आकारको यो फोर्स यातायातमा सिट भन्दा धेरै उभिएरनै यात्रा गर्न बाध्य थिए । यो यातायातमा भने सहचाकल राखिएको थिएन । गाडीमा चढ्न र ओर्लन सहचाक नभएको कारण यात्रुहरुलाई भाडा बुझाउन पनि गाह्रो भइरहेको थियो । 

‘रियालिटी टेस्ट’—७ अन्तर्गत सुनधारा देखि बुढानिलकण्ठ सम्म जाने बेलुकाको समयमा माईक्रोका यात्रुहरुसँग सिन्डिकेटको बारेमा बुझेका थिए । यात्रा निकै सकसपूर्ण रहेको कुरा यात्रुसँगको कुराकानीबाट देखाइसकेका छौँ ।

 ‘रियालिटी टेस्ट’—८ अन्तर्गत आज आईतबार संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठेले मयूर यातायातमा यात्रा गर्ने यात्रुसंग सिन्डिकेट अन्त्य पछि सार्वजनिक यातायतामा परिवर्तन आए नआएको बारेमा बुझेका छन् । 

कलंकीदेखि काभ्रेको धुनिखेलसम्म चल्ने मयूर यातायात आजभन्दा २ महिना पहिला निकै सिन्डिकेटको चपेटामा परेको थियो । मयूर यातायातलाई बस व्यवसायीहरुले काभ्रेको धुलिखेलसम्म सञ्चालन गरेको प्रति विरोध गरेका थिए । मयूर यातायातको कारणले पनि यातायात क्षेत्रको सिन्डिकेटको कुरा निकै चर्चामा आएको मान्न सकिन्छ । 

तर, सिन्डिकेट अन्त्यको सुत्रधार बनेको मयूर यातायातमा पनि खासै यात्रुहरुले भोग्नुपर्ने पीडामा परिवर्तन भएको पाईन्न । कलंकी, स्वयम्भू, माछापोखरी, सामाखुशी, बसपार्क, बसुन्धारा, महाराजगञ्ज, चावहिल, गौशाला, एअरपोर्ट, तिनकुने, कोटेश्वर, भक्तपुर हुँदै बनेपादेखि धुलिखेलसम्म जाने मयूर यातायातका यात्रुसँग कुराकानी गरेका छन् । अन्य यातायात जस्तै कोचाकोच, झुण्डिएर यात्रा गर्न यात्रु बाध्य रहेका छन् । 
अब यात्रुको विचार उनीहरुकै शब्दमा

रमा बानियाँ 

म सरकारी कर्मचारी हुँ ।

कार्गाेमा काम गर्छु । 

मयूर यातायात सामाखुशीबाट चढेको हुँ । अफिस पुग्नलाई ठ्याक्कै एक घण्टा लाग्छ ।

समयमा गाडी पाउँदैन । पाउँदा पनि यसरी झुण्डिएर जानुपर्छ ।  सिन्डिकेट हट्दा र नहट्दा यात्रा गर्ने कुरामा भन्ने हो भने कुनै पनि परिवर्तन आएको छैन ।

बालकृष्ण सुवेदी 
म शिक्षक हुँ । भक्तपुरमा अध्यापन गर्छु । म जन्मेको, हुर्केको काठमाडौँमा नै हो । पहिला २०४५ सालमा पनि म साझा यातायात चढ्थे ।

काठमाडौँमा सार्वजनिक यातायातामा यात्रा गर्दाको मसँग लामो अनुभव छ । पहिला र अहिले खासै परिवर्तन पाएको देखिएन । सिन्डिकेट हट्यो भन्ने कुरा मैले पनि सुनेको हो । तर, हामी यात्रुले त हट्यो भन्ने कुरा महशुस गर्ने हो । त्यो नै पाइएको छैन । यात्रा कष्टकर नै छ ।

टीका सिग्देल 
म गौशाला जान लागि मयूर यातायात बसुन्धराबाट चढेको हुँ ।

सिट निकै मुस्कीलेमात्रै पाईन्छ त्यसमा पनि झर्ने बेलामा झन् सकस । परिवर्तन यो बीचको समयमा खासै पाइएको छैन । यसरी यात्रा गर्दा समस्यानै भइरहेको छ । 

लक्ष्मण प्रसाद गौतम

म चक्रपथमा व्यापार गर्छु । 

सिन्डिकेटपछि सार्वजनिक यातायातमा सिट क्षमता अनुसार मान्छे चढाएको होकी जस्तो चै लागेको छ । तर त्यो पनि सबै ठाँउमा भएको छैन ।

सिन्डिकेट हट्नु राम्रो कुरा हो । परिर्वतन बिस्तारै आउँला, तर अहिले त्यस्तो परिवर्तन भएको छैन । व्यवासयीहरुले पनि सिन्डिकेट हटेपछि जे पनि गर्न पाइन्छ भनेर मनोमानी गर्नुभएन । हामी यात्रुको मर्का बुझ्नुपर्र्याे ।
 

‘रियालिटी टेस्ट’ का अन्य समाचार

 

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–७ : ‘खै सिन्डिकेट हटायो भन्छन्, माइक्रोमा कुचुक्क परेर जानुपर्छ’

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’ — ६ : अझै उभिएर यात्रा गर्नुपर्ने बाध्यता

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–५ : उस्तै छ माइक्रोको दादागिरी

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–४ : ‘घरबाट निस्कन मन लाग्छ तर गाडीकै पीर लाग्छ’

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप