शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा अझै बाँकी छ गान्धीको छाप

आइतबार, २० जेठ २०७५, ११ : ५६
आइतबार, २० जेठ २०७५

एजेन्सी । विभाजन अघि कराँची अविभाजित भारतको महत्वपूर्ण व्यापारिक केन्द्र हुने गथ्र्यो । ३० को दशकमा कराँचीको ४७% जनसङ्ख्या हिन्दू थियो । त्यहाँका कयैन बासिन्दाहरु महात्मा गान्धीको विचारधाराबाट प्रभावित थिए । 

कराँचीको जुबिली मार्केटमा अझै पनि गान्धीको छाप देख्न सकिन्छ । तर यो कुरा अलग हो कि गान्धीको छापले सबैलाई हेरिरहेको हुन्छ तर कसैले पनि त्यसतर्फ फर्केर हेदैनन् । 

विभाजन पछि कराँचीका अधिकाशं हिन्दू भारत बसाइँ सरे । 

कराँचीमै गान्धीले ‘इरवीन सम्झौता’ मा हस्ताक्षर गरेको थिए । १९३१ मार्च ५ को दिन भएको यही सम्झौतापछिनै माहात्मा गान्धीले आफ्नो भद्र अवज्ञा आन्दोलन फिर्ता लिएका थिए । 

कराँचीको खालिक दीना हलमा गान्धीले स्वतन्त्रता सेनानी गोपाल कृष्ण गोख्लेको मूर्ती अनावरण गरेका थिए । तर आज त्यसको नामो–निशान छैन ।

१९३० को दशकमा कराँचीका नागरिकहरुले सिन्ध उच्च अदालतमा महात्मा गान्धीको मुर्ती स्थापना गरे । तर पछि त्यसलाई पनि हटाइयो । 

ब्लगर अख्तर बलोच यस मुर्तीको इतिहासबारे भन्छन्, “१९४८ मा कराँचीमा ठूलो विरोध हुन थाल्यो, धेरै बसाइसराईंमा हिँडे । तब यो मुर्तिमा कुनै नोक्सान नपुगोस् भनेर काइदेआजम (महान् नेता) मोहम्मद अलि जिन्नाले नै सुरक्षाको मध्य नजर राख्दै गान्धीको मुर्तिलाई यहाँबाट हटाएका थिए ।”

‘कराँची चेम्बर अफ कमर्स’लाई पहिले ‘इण्डियन मर्चेन्ट एसोसियसन’ भनिन्थ्यो । त्यसको जग पनि महात्मा गान्धीले हालेका थिए । गान्धीले सन् १९३४ जुलाई ८ मा यसको जग राखेका थिए । 

हाल यस जगको निशान पनि हराइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप