शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द कोठामा गणतन्त्र दिवस मनाएको भन्दै कोरियास्थित संघ–संस्थाको विरोध

आइतबार, २० जेठ २०७५, १० : ५३
आइतबार, २० जेठ २०७५

अर्जुन बराल

सोल– दक्षिण कोरियास्थित नेपाली दुतावासले ११ औ गणतन्त्र दिवस मनाउँदा चालिस हजार भन्दा बढि नेपालीको सहभागितामा मनाएको प्रचार गरेपछि दुतावासको आलोचना भएको छ ।

सहभागिहरुका अनुसार गत २९ मे मा सोलस्थित नेपाली दुतावासको एक बन्द कोठामा सिमित व्यक्तिको उपस्थितिमा ११ औं गणनतन्त्र दिवस मनाइएको थियो । 

तर, दुतावासले भने हजारौँ मानिस सहभागि भएको भनेर प्रचार गरेपछि दुतावासले गलत सन्देश प्रवाह गरेको भन्दै आलोचना भएको हो ।

कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि लगायतले सामाजिक सञ्जालमा ब्यापक बिरोध जनाएपछि दूतावासले आफ्नो बचाउ गरेको छ । 

यता, दुतावासले कार्यक्रम भब्य रुपमा मनाउन निमन्त्रणा गरिएका विभिन्न संघसंस्थाका प्रतिनिधीको नामावली कोरियाबाट सञ्चालित बिभिन्न अनलाईनलाई उपलब्ध गराएको भएपनि त्यसका आधारमा निमन्त्रणा नपठाएको त्यो नामावलीका आधारमा निमन्त्रणा नभएको र त्यो सरासर झुटो रहेको जनसम्र्पक समितिका जिम्मेबार ब्यक्तिले जनाएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप