शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको विश्वविद्यालयद्वारा नेपालकी देविना थापाको नाममा सूक्ष्मग्रहको नामाकरण

आइतबार, २० जेठ २०७५, १० : १५
आइतबार, २० जेठ २०७५

काठमाडौँ । अमेरिकाको म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) विश्वविद्यालयले नेपाली चेली देविना थापालाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम उनको नाममा नामाकरण गरिदिएको छ। 


एमआईटीले विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा १८ बर्षिय देविना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै सूक्ष्मग्रहको नामाकरण गरेको हो ।

यस नामाकरणको प्रमाण पत्र वितरण गर्दै एमआईटीले देविनाले सन् २०१७ को इन्टेल इन्टरनेसनल साइन्स एण्ड इन्जिनियरिङ फेयरमा दोस्रो स्थान हासिल गरेको जनाएको छ ।

म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभागका प्रमुख ग्रान्ट एच स्टोक्सले लेखेको पत्रमा थापाको सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको उल्लेख छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्ने १८ वर्षीया देविना समाज सेवामा उतिकै क्रियाशील छिन् ।

गत वर्ष उनले नेपाल आएर माइती नेपालमा २ हप्ताको स्वयम् सेवक रुपमा कामसमेत गरेकी छिन् ।

नेपालमा आएको विनासकारी महाभूकम्पले धनजन को क्षति भए पछि पैसा संकलन गरेर शिक्षण अस्पताल महाराजगञ्जलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिनको अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैयाँ माइती नेपाललाई सहयोग गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप