शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ल्हाक्पा र श्रृयालाई स्वर्ण

शनिबार, १९ जेठ २०७५, १७ : ३१
शनिबार, १९ जेठ २०७५

काठमाडौं– बिग बुद्धका ल्हाक्पा घ्लान र सूर्यविनायककी श्रृया रञ्जितले दोश्रो सितोरियो सोबुकान जुनियर राष्ट्रिय कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । दुवैले एकल कातामा स्वर्ण जितेका हुन् । नेपाल सितोरियो सोबुकान कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा फाइनलमा लाक्पाले मानसिंह डोजोका प्रिन्स स्याङतानलाई पराजित गरे । महिलामा श्रृयाले सूर्यविनायककै सरिता तामाङलाई पछि पारिन् ।

बंगलामुखीमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा भक्तपुर गोजुरियोका विशाल तामाङ पहिलो भए । उनले फाइनलमा बंगलामुखीका मनीष मगरको चुनौती समाप्त पारे । सोही स्पर्धाको महिलामा बिग बुद्धकी चाँदनी राईले फाइनलमा मानसिंहकी विपना कार्कीलाई पाखा लगाउदै स्वर्ण चुमिन् ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । ललितपुर महानगरपालिकाको सहयोग तथा सान जापानिज लेङग्वेज एन्ड कल्चरको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप