शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दरवार हत्याकाण्डको १७ बर्ष पुरा

शनिबार, १९ जेठ २०७५, १५ : २१
शनिबार, १९ जेठ २०७५

काठमाडौं– २०५८ सालमा तत्कालिन राजा वीरेन्द्र शाहको बंशनाश हुने गरि हत्या भएको आज १७ बर्ष पुरा भएको छ ।  २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । 

आज राजा वीरेन्द्रलाई सम्झनेहरुले ललितपुरको जावलाखेल चोकमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरि श्रद्धासुमन व्यक्त गरेका छन् । इतिहासकै ठूलो घटनाको रुपमा हेरिएको राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र  धेरै टिक्न सकेन । वीरेन्द्रको अवसानपछि नेपालमा मात्र ४ वर्ष ज्ञानेन्द्र शाहले राजतन्त्र सम्हाले ।

हत्याकाण्डको सात बर्षपछि नेपालमा राजतन्त्र समाप्त भयो । राजा विरेन्द्रको बंश नाश हुनेगरि भएको हत्या काण्डको १७ बर्ष पूरा हुँदा समेत घटनाको यथार्थ छानविन हुन सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप