प्रधानमन्त्री ओली सरकारमा दुई उपप्रधानमन्त्री, को–को ?

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन् । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी छन् ।
त्यसैगरी संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई नियुक्त गरिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि सोही मन्त्रालयको मन्त्रीमा बढुवा गरेका छन् ।
नवनियुक्त मन्त्रीद्धय राई र बास्कोटाले पनि राष्ट्रपति भण्डारीबाट सपथ लिएका छन् । संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।
राष्ट्रपति भवन सितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड