शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन एमाले र माओवादीका जनवर्गीय संगठनको यसरी हुँदैछ एकता

शुक्रबार, १८ जेठ २०७५, १४ : २८
शुक्रबार, १८ जेठ २०७५

काठमाडौं –बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको थियो । 

पार्टी एकताका बाँकी काम पूरा गर्न अन्तरपार्टी निर्देशनमार्फत दुई अध्यक्षले सवै कमिटीका सदस्यहरुलाई आह्वान गरेका गरेका थिए । 

दुई पार्टीबीच जेठ ३ गते पार्टी एकता भएको थियो ।  

एकता भएको करिव २ हप्ता पछि सांगठनिक एकताको प्रक्रिया अघि वढाउन निर्देशन दिईएको छ । 

नेकपाको जेठ ७ गते बसेको केन्द्रीय सचिवालयको बैठकले दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनको एकता तीन महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको थियो । 

उक्त सचिवालय वैठकले पार्टी मातहतका कमिटी, जवसंको एकता प्रक्रियाकोलागि प्रदेशगत प्रभाव र जनसंगठनका तत्कालीन इञ्चार्ज तथा प्रमुख साथै सम्बन्धित जनसंगठनका अध्यक्षहरु रहेको कार्यदल गठन गरेको अन्तरपार्टी निर्देशन–१ मा उल्लेख छ । 

अन्तरपार्टी निर्देशनले जारी गरेका कार्यादेश पुरा गरि १५ दिनभित्रमा सचिवालयलाई कार्यदलहरुले प्रतिवेदन बुझाउनु पर्ने छ । 

कार्यदलमा नेकपाको केन्द्रीय कमिटीका सदस्य सहित दुवै पक्षका जनवर्गीय संगठनका अध्यक्ष रहेका छन् । 

जवसं एकता कार्यदलका सदस्य

-नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ को कार्यदलमा–विष्णु रिमाल, जयुपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी रहेका छन् । 

-अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान संघ क्रान्तिकारी– वामदेब गौतम, हरिवोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ रहेका छन् । 

-अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ः कार्यदलमा राधा ज्ञवाली, गोमा देवकोटा, उर्मीला अर्याल र अमृता थापामगर रहेका छन् 

-युवा संघ नेपाल र वाई सीएल नेपाल– केन्द्रीय संगठनको तर्फबाट मणि थापा, महेन्द्र पाण्डे साथै दुई संगठनका अध्यक्ष रमेश पौडेल र रामप्रसाद सापकोटा रहेका छन् । 

-अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी– रविन्द्र अधिकारी, हितमान शाक्य, नविना लामा र रञ्जित तामाङ रहेका छन् । 

-राष्ट्रिय जनसांस्कृतिक महासंघ र नेपाल जनसांस्कृतिक महासंघ– मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री रहेका छन् । 

-नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्ति मोर्चा संगठनको महासंघ– पृथ्वीसुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेशआले मगर, गोकुल घर्ती छन् । 

-लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्टिय मुक्ति मोर्चा– मातृका यादव, रघुवीर महासेठ, जगदिश कुशैयत र रामकुमार शर्मा रहेका छन् । 

-नेपाल मुश्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्तिमोर्चा नेपाल– सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जनैद अन्सारी र अतहर हुसेन रहेका छन् । 

-नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित मुक्ति मोर्चा– बोमबहादुर विश्वकर्मा, तिलक परियार, जीत गौतम र दलजीत श्रीपाली छन् । 

-नेपाल बुद्धिजिवी परिषद् र अखिल नेपाल बुद्धिजिवी संगठन– दीनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी रहेका छन् । 

-पेशागत महासंघ नेपाल र नेपाल राष्टिय कर्मचारी महासंघ– जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्याल रहेका छन् । 

-नेपाल राष्टिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन र भूतपुर्व सैनिक संगठन, पुर्व जनमुक्ति सेना संघ– चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढा रहेका छन् । 

-प्रेस चौतारी र प्रेस सेन्टर नेपाल– योगेश भट्टराइ, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल रहेका छन् ।

-मानवअधिकार एलाइन्स र अखिल नेपाल मानव अधिकार संगठन काहुराष्ट नेपाल– विजय सुव्वा, मीनबहादुर शाही, विष्णु पुकार श्रेष्ठ र दिनमणी पोख्रल रहेका छन् ।

-लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल र अखिल नेपाल क्रान्त्रिकारी अपाङ्ग संगठन, जनक्रान्तिका घाईते तथा अपाङ्ग योद्धा संघ– विजय सुब्बा, दिपोन्द्र पुन मगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपाने रहेका छन् । 

-नेपाल लोकतान्त्रिक खेलकुद महासघ र अखिल नेपाल खेलकुद महासंघ– टोपबहादुर रायमाझि, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोईराला छन् । 

-प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपाल– वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल रहेका छन् । 

-नेपाल भुमिहीन कुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठन– हरिबोल गजुरेल, रापप्रित पासवान, शत्रुध्न महतो र दीपक थापा रहेका छन् । 

-नेपाल उद्योग तथा व्यवसायी महासंघ र राष्टिय उद्योग व्यापार महासंघ– मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक छन् । 

-पेशागत तथा प्रगतिशील ईन्जीनियर एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय ईन्जीनियरिङ संगठन– गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भु बहादुर श्रेष्ठ रहेका छन् । 

-प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्च– तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारी रहेका छन् । 
 

कार्यादेश

कार्यदलले पार्टीको नीतिगत दस्तावेज र विधानसँग नबाझिने गरी आ–आफ्ना नीति दस्तावेज र विधान मस्यौदा तयार गर्नुका साथै संगठनात्मक एकताको प्रस्ताव बनाउने छन् । 

विधान मस्यौदा गर्दा कार्यादलले सम्बन्धित संगठनले पार्टीको वैचारीक तथा राजनीतिक नेतृत्व स्वीकार गर्ने र संगठनात्मक रुपमा आ –आफ्नो विधानको आधारमा संचालित हुनुपर्ने उल्लेख छ  ।

महासंघ अन्र्तगतका घटक संगठनकाबीचमा एकताका लागि छलफल गर्दा सम्बन्धित घटक संगठनहरुका ईन्चार्ज र अध्यक्ष पनि कार्यदलको सदस्यको हैसियमा सहभागि हुनेछन् । 

यस निर्देशनमा उल्लेख हुन बाँकी रहेका जनवर्गीय संगठनहरुको एकताका सम्बन्धमा छलफल र निर्णयपश्चात अर्को निर्देशन गरिने उल्लेख छ ।  

यसबाहेक स्वतन्त्र रुपमा क्रियाशील रहेका तर चरित्र मिल्दा पेशागत तथा सामुदायिक संगठनहरुलाई आपसी छलफलद्धारा एकताबद्ध हुन प्रेरित गरिने कार्यादेशमा छ । 

राष्ट्रिय सम्मेलन वा राष्टिय महाधिवेशन आयोजक कमिटी गठन गर्नका लागि पदाधिकारी र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गर्न कमिटीको पदाधिकारी र सदस्यको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने उल्लेख छ । 

राष्ट्रिय सम्मेलन वा राष्ट्रि«य महाधिवेशन आयोजक कमिटी गठन गर्नसिफारिस गर्नुपुर्व सम्बन्धित जनवर्गीय संगठनका विद्यमान केन्द्रीय कमिटीमा रहेका अन्य सदस्यसँग सुझाव लिनु पर्ने कार्यदललाई निर्देशन गरिएको छ । 

साथै कार्यदलले सम्बन्धित संगठनको केन्द्रीय कार्यालय सम्बन्धमा प्रस्ताव तयार गर्ने छ । 

कार्यदलमा सहमति हुन नसके चाहिँ संगठन विभागले निर्णय दिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप