शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमी त चिनाउन मिल्दैन’ – अभिनेत्री सृष्टि

शुक्रबार, १८ जेठ २०७५, १३ : ५७
शुक्रबार, १८ जेठ २०७५

सृष्टि कार्की ‘अमेरिकन बोइज’ चलचित्रकी अभिनेत्री हुन् । आजबाट प्रदर्शनमा आएको यो उनको डेब्यु चलचित्र हो । पहिलो चलचित्रबाट नै राम्रो चर्चा पाउन सफल उनी मिडियामा समेत चारैतिर छाएकी छन् । अमेरिकन बोइज अभिनेत्रीका रूपमा डेब्यु भए पनि यस अगाडि उनले ‘ग्याङ्स्टार ब्लुज’ चलचित्रमा आइटम नृत्य गरेकी थिइन् । उनको आइटम पनि दर्शकले निकै रुचाएका थिए । अध्ययनका लागि ५ वर्षदेखि स्पेन रहँदै आएकी उनी गत वर्ष मात्र नेपाल आएकी हुन् । अमेरिकन बोइज अभिनय सिलसिलामा उनले अन्य थुप्रै चलचित्र अफर पनि पाएकी थिइन् । पहिलोको परिणाम नहेरी अन्य चलचित्र नगर्ने सोचले अफर अस्वीकार गरेको उनले बताइन् । फुर्सदको समय इन्टरनेटमा रमाउने पुस्तक अध्यायन गर्ने बानी भएकी उनी गीत सङ्गीतमा पनि रुचि राख्दछिन् । प्रायः सबै गीत मनपराउने उनी जीवन सुखदुःखको सङ्गम ठान्दछिन् । कफीको चुस्किसँगै मनको भावना सेयर गर्न मिल्ने शान्त ठाउँमा डेटिङ रुचाउने भक्तपुरकी स्थायी बासिन्दा अभिनेत्री सृष्टिसँग रातोपाटीको दस प्रश्न ।
 
‘अमेरिकन बोइज’ अभिनय अनुभव कस्तो रह्यो  ?
– यो मेरो डेब्यु चलचित्र हो । पहिलो चलचित्रमै सुनिल थापा, हरिहर शर्मा, कामेश्वर चौरेसिया, अपर्ण थापालगायतका धेरै दिग्गज कलाकारसँग काम गर्ने अवसर पाएँ,  धेरै सिक्न पाएँ । एकदमै खुसी छु ।

चलचित्र आजबाट रिलिज भएको छ नि ?
–हो, चलचित्रको विषयमा अहिलेसम्म त्यस्तो केही फिलिङ भएको छैन । दर्शकले चलचित्र रुचाउँछन् भन्ने छ । जब दर्शकले चलचित्र हेरेर मेरो अभिनयको प्रतिक्रिया दिन्छन् । त्यसपछि भने केही न केही होला । म पहिले नै परिणाम सम्झिएर डराउने व्यक्ति होइन, जे होला होला ।

सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ?
–सौन्दर्यको ख्याल गर्नुपर्छ नि । स्वदेशमा रहँदा मात्र होइन, म विदेशमा बस्दा पनि सौन्दर्यको निकै ख्याल गर्दथेँ । मौसम, जानुपर्ने ठाउँ अनुसारको मेकअप गर्न म रुचाउँछु । प्रायः नछुटाउने मेकअफ भनेको फाउन्डेसन, मस्कारा, लिबगाड र गाजल हो । 

फिटनेस गर्नु हुन्छ ?
–फिटनेस, एक्सरसाइज भन्ने त्यस्तो केही गर्दिनँ । म जहिले पनि डान्स गरिरहेकी हुन्छु । डान्सबाट नै मेरो एक्सरसाइज भइरहेको हुन्छ । 

पहिरनतिर रुचि त पक्कै होला ?
– विदेश बसेर फर्किएको भएर होला कुर्ता सुरुवाल लगाउन एकदमै मनपर्छ । जानु पर्ने ठाउँ, मौसम अनुसारले पनि मेरो पहिरनको निर्धारण गर्छ । क्याजुअल ड्रेस पनि निकै सुहाउँछ । छोटो र हल्का पहिरन लगाउन मन पर्दैन । 

कस्ती केटी ?
–छिट्टै र सजिलै केहीसँग पनि घुलमिल हुन सक्दिनँ म । त्यसका लागि समय लाग्छ । घुलमिल भएपछि भने सबैकुरा सेयर गर्ने, सुखदुःख बाँढ्न  सक्दछु । 

दुःखको क्षण ?
–विदेशमा रहँदा साथीहरूको, फ्यामिलीको याद धेरै आउँथ्यो । काम गर्दा एक पटक म बिमारी पनि भएकी थिएँ । हात पनि काटेको थियो । तैपनि बिदा नलिई काममा गएकी थिएँ । सो समय आमा सम्झिएर धेरै रोएँ ।  

सपना ? 
– अरूले प्रेरणाका रूपमा लिने रोल मोडल बन्ने सपना पालेकी छु ।  अर्काे कुरो भगवानले साथ दिए र पैसाले पुग्यो भने सामाजिक कार्य गर्न मन छ ।

प्रेम छ, कि छैन ?
– प्रेम त छ । अहिले प्रेमी चिनाउँन मिल्दैन । विदेशमा बस्नेसँग होइन । उनी नेपालमै छन् । उनको बारेमा पूरै खोल्न मिल्दैन ।

रोजेको व्यक्तिसँग डेट जाने अवसर मिल्यो भने  ?
–बलिउडकी अभिनेत्री आलिया भट्टसँग ‘रान्जी’ चलचित्र गर्ने हिरो बिक्की कौसलसँग जान चाहन्छु । उनी निकै राम्रो, ह्यान्डसम र स्मार्ट लाग्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप