चौथो पटक मन्त्रिपरिषद विस्तार : उपेन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राइनलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् ।
यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ ।
गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।
संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको हो ।
एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन ।
सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण