बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो पटक मन्त्रिपरिषद विस्तार : उपेन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

शुक्रबार, १८ जेठ २०७५, १३ : ३३
शुक्रबार, १८ जेठ २०७५

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । 

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राइनलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । 

पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् । 

यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । 

संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको हो ।

एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन ।

सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप