शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मगुरुले भक्तहरुलाई भनेः इश्वर चाहनुहुन्छ कि म तपाईंहरुले किनेको नयाँ प्राइभेट जेटमा यात्रा गरुँ

शुक्रबार, १८ जेठ २०७५, १२ : ५१
शुक्रबार, १८ जेठ २०७५

सीएनएन

अमेरिकाका एक धर्मगुरुले निकै अचम्मको इच्छा व्यक्त गरेका छन् । जेस्से डुप्लेन्टिसले अनुयायीले किनेको नयाँ प्राइभेट जेटमा आफूले यात्रा गरेको इश्वरले हेर्न चाहेको बताएका छन् । उनले उल्लेख गरेको प्राइभेट जेटको मूल्य पाँच करोड ४० लाख डलर पर्छ ।  

जेस्से लुसियानाको डेस्ट्रेहानमा जेस्से डुप्लेन्टिस मिनिस्ट्रि र चर्च चलाउँछन् । अन्य तीन प्राइभेट जेटका मालिकले आफ्ना अनुयायीलाई उनको मिनिस्ट्रिलाई Dassault Falcon 7X  किन्न सक्षम बनाउनका लागि सहयोग गर्न अपिल गरेका छन् ।

हालै उनको वेबसाइटमा सार्वजनिक भएको भिडियोमा ड्प्ल्यान्टिसले उक्त जेटको मद्दतले उनी इश्वरको नजिक पुग्न सक्ने बताएका छन् । उनी भन्छन्, ‘मेरो यशुसँग साक्षात्कार भएको थियो जसमा उहाँले यो नयाँ जेटको नाम नै लिएर यो कुरा जानकारी दिएका हुन् ।’

‘यशुले अहिलेसम्म भनेको यो सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘जेस्से के तिमी म भएको ठाउँमा आउन सक्छौ ? फाल्कन सेभेन एक्सका लागि तिमीले चन्दा उठाओस् भन्ने मेरो चाहना छ ।’

जेस्सेका अनुसार तीन इन्जिन भएको यो प्लेनले उनी संसारमा कुनै ब्रेक बिना पुग्न सक्नेछन् । यसमार्फत यशुका कुरा पुर्याउन निकै सजिलो हुनेछ ।

उनी भन्छन्, ‘यदि जिसस क्राइस्ट पनि अहिले जिउँदो भएको भए उहाँले गधाको सवारी त गर्नुहुन्न थियो । उहाँले पनि विमानबाट संसारमा आफ्नो विचार पुर्याइरहेका हुन्थे ।’

‘म प्रार्थना गर्नेछु कि यदि तपाईं चाहनुहुन्छ भने तपाईं यसमा सहभागी हुन सक्नुहुन्छ । तर यदि तपाईं चाहनुहुन्न भने पनि यो तपाईंको इच्छा हो, तर म तपाईं यसमा सहभागी हुनुहोस् भन्ने चाहन्छु । किनभने यसमार्फत जिसस धेरैभन्दा धेरै मानिसहरुसँग जोडिन सक्नुहुन्छ । यसले धेरै मानिसहरुको जीवन पनि परिवर्तन हुनेछ ।’

पहिले पनि सार्वजनिक भइसकेका छन् यस्ता मामलाः

जेस्से यस्तो प्रकारले प्राइभेट जेट खरिद गर्ने पहिलो गोस्पेल प्रिचर (इसाई धर्म प्रचारक) होइनन् । यसअघि सन् २०१५ मा क्रेफेलो डलरले पनि आफ्ना अनुयायीको मद्दतले ४ सय ३१ करोड पर्ने G650 प्राइभेट जेट किनिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप