शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइसीसीको एकदिवसीय वरियतामा नेपाल समावेश

शुक्रबार, १८ जेठ २०७५, १२ : २८
शुक्रबार, १८ जेठ २०७५

काठमाडौँ । उदयमान एकदिवसीय टोली नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड र युनाइटेड अरब एमिरेट्स (युएई) पनि एकदिवसीय वरियतामा समावेश भएका छन् ।

जुन १ देखि उनीहरु १२ शीर्ष एकदिवसीय टोलीसँगै एमआरएफ टायर्स आइसीसी एकदिवसीय टोली बरियतामा समावेश भएका हुन् ।

नेदरल्याण्डले आइसीसी विश्वक्रिकेट लिग च्याम्पियन्सीप जित्दै एक दिवसीय मान्यता पाएको थियो ।

यता, आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा शीर्ष तीन स्थान ओगट्दै नेपाल, स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाएको थियो ।

स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने १८ अंकसहित १४ औँ स्थानमा रहेको छ ।

नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालको शुन्य अंक रहेको छ । अब दुवै टोलीले थप चार खेलेपछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् ।

एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन् । यसमा मे १, २०१५ देखि अप्रिल ३०, २०१७ सम्म खेलिएका खेलबाट अंकको भार ५० प्रतिशत हुनेछ भने मे १, २०१७ पछि खेलिएका खेलको अंकको भार शत प्रतिशत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप