शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी महिलाको दाबीः मलाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ

शुक्रबार, १८ जेठ २०७५, १० : ११
शुक्रबार, १८ जेठ २०७५

एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै काम गर्दा डिप्रेशनमा परकाले उनले उक्त जागिर छोडेको जानकारी दिइन् ।

अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’ बारे त्यतिबेला थाहा भयो जब उनी १२ वर्षकी थिइन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् । त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै  मृत्यु भयो ।

बचाउन सक्दिनन् अरुको ज्यानः

अरीका अनुसार यो ‘छेटौं इन्द्रिय’ हुँदाहुँदै पनि मृत्यु हुन लागेका व्यक्तिलाई उनले बचाउन सक्दिनन् । अरी भन्छिन्, ‘मलाई थाहा छैन, मैले यो आफ्नो शक्तिलाई के गरुँ । मलाई थाहा हुन्छ, को मर्दैछ । तर म उसलाई जानकारी दिन्नँ किनभने यस्तो गर्नु सही होइन भन्ने लाग्छ । मैले यस्तो गर्दा कस्तो नतिजा भोग्नु पर्ला भन्ने डर लाग्छ, मानिसहरुले के सोच्लान् । मैले नियतीसँग खेलवाड गर्नु हुँदैन ।’

हरेक व्यक्तिसँग हुन्छ यस्तो शक्तिः

अरीका अनुसार हरेक व्यक्तिमा यस्तो कुनै न कुनै शक्ति हुन्छ तर बाल्यकालमा सामाजिक दबाब वा पालन–पोषणको तरिकाले यो सधैंका लागि दबिने गर्छ ।

अब मानिसहरुलाई दिइरहेकी छिन् तालिमः

अरीले अब अन्य थुप्रै महिलालाई मनोविज्ञानको तालिम पनि दिने गरेकी छिन् । उनले २५ देखि ४५ वर्षका महिलालाई आफ्नो मनोवैज्ञानिक शक्तिलाई राम्रो काममा कसरी प्रयोग गर्नेबारे भन्ने सिकाउँछिन् ।

सोसल मिडियामा आफूले नकारात्मक कमेन्ट पाउने गरेको पनि उनले जानकार दिइन् । यसबारे उनी भन्छिन्, ‘तर मैले आफू भिन्न भएको कुरालाई स्विकार गरिसकेको छु । सोसल मिडियामा नकारात्मक कमेन्ट आउँदा हाँसेरै बिर्सिदिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप