बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका विभिन्न डान्स–रेष्टुरेण्टमा प्रहरीको छापा

बिहीबार, १७ जेठ २०७५, १३ : ४७
बिहीबार, १७ जेठ २०७५

काठमाडौं– राजधानीको ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको  छ ।
 
ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट एण्ड बार र न्यु टाउन रेष्टुरेण्ट एण्ड बारमा छापा मारेर ३९ जना कम उमेरका नावालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।   
 
 
होटल तथा डान्स रेष्टुरेण्टहरुमा कम उमेरका नाबालिक किशोरीहरुलाई जर्बजस्ती काममा लगाउने, पारिश्रमिक नदिने तथा कुटपिट गर्ने गरेको सूचनाका आधारमा छापा मारेर डान्सबार संचालनकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 
बुधवार राती माईती नेपाल र सिबिनसँगको समन्वयमा छापा मार्दा उद्धार गरिएका ३९ नावालीकाहरु मध्ये ७ जनालाई सिवीन नेपाल र ३२ जनालाई माईती नेपालको आश्रयमा पठाईएको काठमाडौं प्रहरीले जनाएको छ ।
 
प्रहरीले कोटेश्वरबाट दुईजना, बालाजुबाट ११ जना, गोंगवुबाट १४ जना र बानेश्वरबाट ९ जनाको बालिकाहरुको उद्धार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप