बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पिकनकिमा महिलाले खिचिन् छोराको फोटो, घर आएर फोटो हेरेदेखि निन्द्रा गायब

बिहीबार, १७ जेठ २०७५, १३ : १७
बिहीबार, १७ जेठ २०७५

डेली मेल

इंगल्याण्ड नजिकैको नर्थम्बरल्याण्डमा एक महिला केही दिन यता सुत्नै नसकेको दाबी गरिरहेकी छिन् । आफ्नो छोराको पछाडि भूतजस्तै देखिने अपरिचित बालकको अनुहार र छोराको काँधमा उनको हात देखेदेखि उनी डराएकी छिन् ।  

लाउराले गत सोमबार नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर भिन्न भेटियो ।  

१५ वर्षीया लाउराकी छोरी चार्लोट र १६ वर्षे ज्याक ठूलो रुखमा चढे भने ९ वर्षीय उनका छोरा बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाए ।

मेडिकल रिसेप्सनिष्ट लाउराले ती फोटो घर आएर हेर्दा बाइरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सिएकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभएको उनको दाबी छ ।

भूतबारे पहिले विश्वास नगर्ने उनलाई उक्त फोटोले भूतप्रति विश्वास जगाएको उनले बताएकी छिन् ।

उनले उक्त ठाउँमा पुनः जाने सोच बनाएको जानकारी दिँदै आफ्नो भूतप्रति रुची बढेको उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई ती बालकले घरसम्म नपछ्याओस् भन्ने आशा छ ।’

न्यूक्यासलकी लाउरा भन्छिन्, ‘यो निकै असाधारण हो र यसले सबैलाई त्रसित बनाएको छ । म र मेरी छोरी हिजो राती सुत्नै सकेनौं । हामी निकै डराएका थियौं ।’

‘मेरो श्रीमानको नाइट ड्युटी परेको छ । म घरमा एक्लो छु । उनले हामीलाई पछ्याएका छन् कि भन्ने डर गढेको छ ।’

‘फेसबुकका मेरा साथीले हाम्रो निम्ती प्रर्थना गरिरहेका छन् ।’

‘मैले यस्ता कुरालाई पहिले वाहियात भन्थें । मैले आफैंले देखेपछि मात्र विश्वास भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप