शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दशरथ रंगशाला पुनर्निमाण गर्न १० करोड बजेट

बिहीबार, १७ जेठ २०७५, १२ : २१
बिहीबार, १७ जेठ २०७५

काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कभर्ड हलहरुको मर्मत सम्भार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजना गरिएको जानकारी दिएका छन् । 
उनले  खेलाडीहरुको सेवा र सुविधाका लागि सरकारले दुर्घटना विमा, स्वास्थ्य विमा र जीवन बीमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारे । 
 मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताए । 
मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताए । 
 युवा तथा खेलकुद मन्त्रालयले १२ वर्षे खेलकुद गुरुयोजना पनि तयार पारेको छ । मन्त्री विश्वकर्माले बजेट निर्माणको काममा केन्द्रित हुनु परेकाले राष्ट्रिय खेलकुद नीतिको मस्यौदालाई अन्तिम रुप दिन नसकिएको पनि स्पष्ट पारे । 
मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको बताए । 
 त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम संचालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम संचालन कार्यविधि स्विकृत गरिएको पनि उल्लेख गरेको छ । मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई पनि तीब्रता दिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप