‘संजु’ को ट्रेलरमा कपडा बिना देखिए रणबीरः भने, ‘म पहिलो फिल्ममा नै नग्न भएको थिएँ’
संजय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा संजयको जीवनसँग जोडिएको विभिन्न पाटोबारे जान्ने मौका पाइन्छ ।
फिल्मको एक दृश्यमा संजय दत्तको भूमिका निभाइरहेका रणबीर कपुरलाई नग्न पनि देखाइएको छ । ट्रेलर लञ्चको मौकामा रणबीरलाई न्यूड दृश्य सूट गर्नेबेला कस्ता समस्या भएको थियो भन्ने प्रश्नमा रणबीरले जवाफ दिए, ‘म त पहिलो फिल्म देखि नै नग्न भएको थिएँ । मेरो रुमाल खसेको थियो ।’ रणबीरले भने, ‘म वास्तविक जीवन निकै लजालु व्यक्ति हुँ । तर जब क्यामरा अघि सूट गर्नथाल्छु तब मलाई कुनै पनि दृश्य दिन लाज लाग्दैन । यो मेरो काम हो ।’
यो मौकामा उनले प्रश्नको जवाफ दिँदै भनिन्, ‘मैले अहिलेसम्म १३–१४ वटा फिल्ममा अभिनय गरेको छु, यसमा बुवाले सधैं भन्नुभयो कि केही कमी बाँकी छ । मेरो जीवनको उद्देश्य थियो कि बुवाले मेरो कामको तारिफ गरुन् ।’ तर यसपटक बुवाको कुरा सुनेर मलाई निकै खुसी लागेको छ ।
स्मरण रहोस्, रणबीरका बुवा ऋषि कपुरले संजुको टीजर देखेर छोराको अभिनयको तारिफ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्ड्रोइड फोनमा अडियो इमोजी फिचर ल्याउँदै गुगल
-
पुरानो गठबन्धनले देश बर्बाद बनायो, नयाँले त्यस्तो नगरोस् : पार्वत गुरुङ
-
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
-
अवैध लागू औषधसहित १२ जना पक्राउ
-
ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
-
अञ्जुको ‘खोला जस्तो जिन्दगी’मा जीवन र स्नेहको अभिनय