शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको एभरेष्ट पेन्ट उद्योगमा भिषण आगलागी

बुधबार, १६ जेठ २०७५, ०९ : १२
बुधबार, १६ जेठ २०७५

भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । 

विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । 

बिहान ७ बजेदेखि शुरु भएको थियो । आगलागी नियन्त्रणमा प्रहरी र स्थानीय लागेका थिए । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय, भरतपुरका प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

रङ बलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप