शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीले नेतृत्व नगरेसम्म खेलको विकास हुँदैनः राजेश्वरमान स्थापित

बुधबार, १६ जेठ २०७५, ०८ : ३९
बुधबार, १६ जेठ २०७५

दक्षिण एशियाली खेलकुदमा दुईवटा पदक जितेका राजेश्वरमान स्थापित अहिले जिम्न्यास्टिकका मुख्य प्रशिक्षक छन् । तर, उनको परिचय यतिमै सीमित छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका स्थापितले खेलाडीको हक अधिकारका लागि पटक-पटक संघर्ष गर्नुपरेको छ । स्थापितसँग गरिएको कुराकानीः

तपाईको खेलाडी जीवन सुनौलो देखिन्छ । कसरी हासिल गर्नुभयो यस्तो उपलब्धि ?
सफलता हात पार्नका लागि अनुशासन र गहिरो प्रतिबद्धता चाहिन्छ । म २०३८ सालदेखि खेलकुदमा लागेको छु । खेलकुदमा पनि म त्यस्तो खेलमा छु । जसलाई ‘मदर अफ स्पोर्टस्’ भनिन्छ । म आबद्ध भएको जिम्न्यास्टिक खेल सबै खेलाडीका लागि आवश्यक पर्छ । सबै खेलाडीमात्रै के स्वस्थ्य रहनका लागि सबै नागरिकले जिम्न्यास्टिक गर्न आवश्यक छ । त्यसैले यस खेललाई मैले खेल वा सफलतासँग दाँज्नेभन्दा पनि आफ्नो जीवनशैलीका रुपमा लिएको छु । 

पदककै कुरा गर्दा धेरै अन्तर्राष्ट्रिय खेलमा पदक जितेँ । दक्षिण एशियाली खेलकुदमा एकपटक रजत र एकपटक कास्य जितेँ । पदक जित्ने खेलाडीलाई प्रशिक्षण दिएँ । तर, यतिलाई मात्रै म सफलता मान्दिँन । खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्था निर्माण गर्नसके मात्रै म आफुलाई सफल भएको ठान्नेछु । 

प्रशिक्षणका विषयमा पनि बताइदिनुस् न ?
मैले एमबीएससम्मको अध्ययन गरेको छु । शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ भन्ने मेरो मान्यता थियो र आज पनि छ । खेलकुदमा भारतबाट ग्रायुयसन गरेको हुँ । नेपालमा सबैभन्दा धेरैपटक एनएस (नेशनल स्पोर्टस्) टे«निङ गरेको छु । आजकल प्रशिक्षकहरुलाई एनएस टे«निङ दिन्छु । नेपालका प्रशिक्षकहरुलाई स्पोर्टस् साइन्सको पनि पढाउँछु । जिम्न्यास्टिकको प्रमुख प्रशिक्षक छु । मेरो बुझाईमा 
जिम्न्यास्टिकको चिफ कोच हुँ यो आफ्नो ठाउँमा छ । यसका साथै समग्र नेपालको कोचहरुलाई स्पोर्टस् साइन्स पढाउँछु पनि । 

खेलाडी र प्रशिक्षकका रुपमा तपाईले गर्नुभएको अनुभव ?
खेलकुदको इतिहास पल्टाउने हो भने सबभन्दा ठूलो पानामा हामीले डिसिप्लेन लेख्नुपर्छ । तर नेपालमा त्यस्तो देखिँदैन । खेलाडी, प्रशिक्षक र एकाध व्यक्तिहरु समर्पित रुपमा लागेका छन् । तर खेलकुदमा राजनीति हाबी भएकाले इमानदार व्यक्तिहरु पनि मारमा छन् । खेल बुझेको व्यक्ति राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वमा आएको खण्डमा यस्तो समस्या समाधान हुने थियो । यस  कस्तो देखियो भने, कोही खानेपानीको आउँछ । कोही फुटबललाई भलिबल देख्ने आउँछ । मेरो मान्यता भनेको खेलकुदमा भिजेको मान्छे चाहियो । जसले नेपालभरको खेलकुदलाई बुझेको हुनुपर्यो । त्यस्तो व्यक्तिले मात्रै खेलाडीको पीडामर्का, समस्या बुझेर समाधान निकाल्न सक्छ । 

खेलकुद नबुझेका व्यक्ति नेतृत्वमा आए त भन्नुभयो । उनीहरुलाई बुझाउने कोसिस किन गर्नुभएन ?
वर्षौसम्म हामीले प्रयास गरेका छौं । खेलकुदका समस्याहरुलाई सम्बन्धित निकायमा राखेर झक्झकाउने काम गर्न ।  मैले २०५९ सालमा राष्टिय अन्तराष्टिय खेलाडी संघ दर्ता गर्नुपर्छ भनेर म लागेको हुँ । त्यसमा विभिन्न बाधा अड्चनहरु आए । त्यसलाई टेकेर मैले यो संस्था दर्ता गरेको हुँ । यो दर्तापश्चात हामिले नेपाल ओलम्पिक कमीटिमा ताला लगायौं । त्यो खेलाडी हक हितको लागि गरिएको हो । त्यसपश्चात मलाई धेरै प्रेसरहरु पनि आयो । भनौं न नराम्रो प्रेसरहरु पनि आयो । त्यसलाई पनि बेवास्ता गरेर खेलाडीका लागि लड्नुर्छ भनेर म अगाडि बढेँ । जसले गर्दा मैले दर्ता गरेको खेलाडी संघ अहिले पनि जिउँदो छ । त्यसमा म अहिले संस्थापक छु । मेरो कार्यकाल सकिएपछि मैले यो कुर्सी ओगट्न हुँदैन अरुलाई पनि अवसर दिनुपर्छ भनेर मैले दीपक बिस्टलाई खेलाडी संघको नेतृत्व दिएको हुँ । अब उहाँ पनि एउटा राम्रो खेलाडी हो । उहाँले पनि राम्रै सञ्चालन गर्नुभयो । त्यसपछि अहिले आएर त्यो खेलाडी संघको अध्यक्ष दीपक श्रेष्ठ चयन हुनुभएको छ ।

यसरी हामीले खेलाडीको हक हितका लागि लडेका छौं । तर समस्या के छ भने खेलाडीका हक हितका लागि लड्दा आफैं ब्याक हुनुपर्ने अवस्था छ । यो सबै राजनीतिक हस्तक्षेपको उपज हो । खेलाडीहरु विदेशीएका छन् । प्रशासन कमजोर भएको कारणले हामीजस्तो खेलाडी पीडामा छौं । हाम्रो मान्यता भनेको के हो भने, सही मान्छे सही ठाउँमा गएर त्यसको नेतृत्व लिनुपर्यो । अहिले समग्र खेलाडी भनेको देशभरिको खेलाडी हो । विगतका कुरा गर्नुहुन्छ भने भत्ता बढाउनकै लागि हामी खेलाडीले लामो संघर्ष गर्नुप¥यो । जबकी यो खेलाडीले नभएर खेलकुदको नेतृत्वमा भएका व्यक्तिले बुझ्नुपर्ने कुरा थियो । तर उनीहरुको ध्यान नपुग्दा हामीले नै संघर्ष गरेर भत्ता बढाउन पहल ग¥यौ । 

अरुलाई भन्न त सजिलो होला । तर, तपाई आफैंले राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिवको जिम्मेवारी पाउनुभयो भने चैं के गर्न सक्नुहुन्छ ?
म वा अरु कोही भन्ने होइन । एउटा क्षमतावान् खेलाडीले नेतृत्व गर्ने अवसर पायो भने अवश्य खेलकुदमा परिवर्तन देखिन्छ । किनकी खेलाडीलाई खेलप्रति माया हुन्छ । मेरो व्यक्तिगत कुरा नै गर्नुहुन्छ भने म हरेक कुरामा क्वालिफायर छु । किन भने मेरो पढाइ (अध्ययन) पुग्छ । अर्को हाम्रो स्पोर्ट्सको साइन्स पुग्छ मेरो । अर्को म इन्टनेसनल मेडलिस्ट पनि हुँ । अर्को कुरा म इन्टरनेशनल जज पनि भइसकेको छु । यो अवस्थामा हामीजस्तो टिमलाई समात्यो भने यो देशको खेलकुद अझ राम्रो र सुव्यवस्थित हुने सम्भावना मैले देखेका छु । त्यसकारण मैले भन्छु कि सही मान्छे सही ठाउँमा पुग्नुपर्छ । 

वर्तमान नेतृत्व कस्तो देख्नुहुन्छ ?
अहिलेसम्म हेर्दा खेलकुदमा कुनै पनि विकास भएको देखिँदैन । जस्तो, गत वर्ष मेरो खेलाडीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखायो ।  जिम्न्यास्टिक खेलाडीको नाम गिनिज बुकमा लेखिनु भनेको मेरा लागि मात्रै होइन । यो देशकै लागि गर्वको विषय हो । सदस्य सचिवले मिडियामार्फत उसलाई रेकर्ड राखेबापत नगद पुरस्कार दिने घोषणा पनि गरे । तर, पुरस्कार रकम केवल २५ हजार रुपैयाँ थियो । ठिक छ  राज्यले दिनुपर्ने सम्मानलाई हामी गर्वले स्विकार्छौ । तर, सोच्नुस् त, २५ हजार भनेको त खेलाडीका लागि केही पनि होइन । यो त राज्यले बुझ्नुपर्ने हो । गिनिज बुक अफ वल्र्ड रेकर्ड चानचुने कुरा त हैन । मान्छेहरुले बुझ्नुपर्ने हो यो कुरा अब हाललाई त्यो खेलाडीले पाउनुपर्ने सुविधा पनि पाएको छैन । जुन राज्यले तोकिएको २५ हजार पनि खेलाडीले नपाएको अवस्थामा उसको मनोबल मनोबल कहाँ हुन्छ ? अर्को भौतिक पूर्वाधारको कमी छ । हाम्रो जिम्न्यास्टिक हल भूकम्पछि भत्केको छ । अब त्यो बनाइदिन्छु भनेर हामीलाई आश्वासन दिएको ६ महिना नाघिसक्यो । जुन डकुमेन्ट्स अहिले मसँगै छ । भोलि म मिडियामामार्फत गयो भने त्यो डकुमेन्ट्स त राम्रो बन्छ नि त । त्यसलाई व्यवस्थापन गरिएको छैन । त्यो व्यवस्थापन नगरेको कारणले गर्दा  पीडित छौं । हामी पीडत हुनु भनेको एउटा सिंगो राष्ट्रको खेलाडीहरु पीडित हुनु हो । यस कुरामा राज्यले किन ध्यान नदिएको ? यसमा राज्यले ध्यान दिन जरुरी छ ।

खेलकुदलाई कसरी माथि उकास्ने, उपाय के होला त ?
सही मान्छे सही ठाउँमा पुग्नुपर्छ । त्यहाँ खेलाडीले नै नेतृत्व गरेको हुनुपर्छ । खेलकुदको हामीले पहिलो पानामै डिसिप्लेन हेर्नुपर्छ । त्यो अवस्था छैन अहिले । भोली म नेतृत्वमा आएमा पहिलो पानामा त्यो नामांकरण गरिदिन्छु । त्यो पछि मेरो भिजन भनेको हामीले के गर्न सकिन्छ, त्यो भोलि भविष्यले भन्छ । म गरेर देखाउँछु । तर, एउटा अवसर दिनुपर्यो । हामीलाई बञ्चित गर्नु भनेको राज्यलाई पनि एउटा दुर्भाग्य हो । राज्यले यस विषयमा सोचेर गम्भीर हुुनपर्यो । 

राजनीतिले गर्दा खेल क्षेत्र डामाडोल भएको छ । मनपरि तरिकाले कर्मचारी तन्त्र चलेको छ । यसलाई बदल्नुपर्छ, सक्षम व्यक्तिलाई अवसर दिनुपर्छ । खेलाडीको सेवा सुविधाको दुरुपयोग धेरै भएको छ । नेतृत्वमा दक्ष तथा सक्षम खेलाडीलाई प्राथमिकता दिनुपर्छ । जसले खेलाडीको हक हितका लागि लडुन् । रिटायर भएको कोचहरुलाई अधिकार र सम्मान दिनुपर्छ । साथै उचित ठाउँमा अवसर दिनुपर्छ । त्यस्ता अनुभवी पुराना खेलाडी, कोचहरुको राय सुझावअनुसार खेलकुदलाई अघि बढाउनु आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप