शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन पोर्चुगलद्वारा सगरमाथा आरोही शेर्पालाई सम्मान

मङ्गलबार, २७ असार २०७४, १५ : ५६
मङ्गलबार, २७ असार २०७४

लिस्वन- गैह्र-आवासीय नेपाली संघ पोर्चुगलद्वारा गत महिना विश्वको उच्च शिखर सगरमाथा अरोहण गर्न सफल बिगत दुई वर्ष देखि पोर्चुगलमा बसोवास गर्दै आएका कामाछिरी शेर्पाको सफलताको कदर गर्दै राजधानी लिस्बोनमा एक कार्यक्रमको आयोजना गरि विशेष सम्मान गरिएको छ । 

गैह्र-आवासीय नेपाली संघ पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल सङ्गम लगायतले आफ्नो बिचार राखेका थिए भने आरोही शेर्पाले सगरमाथा अरोहण गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । 
महासचिव सोम फुरी शेर्पाद्वारा संचालित उक्त कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष सुनिल सङ्गम, सदस्य मुक्तिनारायण श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप