शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अपडेट @ 5PM : के-के छन् कार्यक्रम ?

मङ्गलबार, १५ जेठ २०७५, १७ : ०३
मङ्गलबार, १५ जेठ २०७५

---------------------------------------

सरकारले शिक्षामा १ खर्ब ३५ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज बजेटभाषणमार्फत सो कुराको जानकारी दिएका हुन् । त्यसमध्ये विश्वविद्यालयलाई अनुदान बृद्धि गरी १४ अर्व ३६ करोड पुर्याइएको छ । त्यस्तै विद्यालय भर्ना अभियान अगाडि बढाउने कुरालाई निरन्तरता दिने समेत जनाइएको छ ।बजेटमा माध्यामिक शिक्षा निशुल्क र साक्षर नेपालको अभियानलार्ए जोड दिइएको छ ।  विद्यालयमा पौष्टिक दिवा खाजा उपलव्ध गराइने जनाइएको छ । त्यस्तै आवासीय विद्यालय सञ्चालनका लागि प्रयास गर्ने जनाइएको छ ।

प्राविधिक तथा व्यवसायिक विद्यालय सवै स्थानीय तहमा पुर्याउने र  प्राविधिक शिक्षाका लागि उचित रकम छुट्याउने कुरामा सरकारले जोड दिएको छ । त्यस्तै शिक्षक दरबन्दी व्यवस्था अनुदान प्रदान गर्न समेत जोड दिइएको छ । 

त्यस्तै,सबै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट उपलव्ध गराइने कुरामा जोड दिइएको छ । विश्वविद्यालयहरुलाई उत्कृष्ट बनाउने कुरामा जोड दिइएको छ ।   त्यस्तै,सरकारले स्वास्थ्यमा ५६ अर्ब बजेट छुट्याएको छ । त्यसमध्ये आयुर्वेद विश्वविदालय सञ्चालन गर्न १० करोड उपलव्ध गरिएको छ ।

निशुल्क पाउने औषधिलाई निरन्तरता जनाउँदै  एकसय भन्दा बढि अस्पतालमा जेष्ठ नागरिक सेवा र घुम्ती सेवा सञ्चालन गर्ने कुरामा समेत जोड दिइएको छ ।  त्यस्तै, सवै सार्वजनिक सवारी र स्थलमा धुम्रपान निषेध गर्ने घोषणा समेत गरिएको छ भने महामारी नियन्त्रण गर्न विशेष कार्यक्रमको घोषणा समेत गरिएको छ ।

असाहय बालबालिकाको उदार व्यवस्थापन अटिजम निश्चित कार्यविधिका आधारमाम अनुदान उपलव्ध गराउने जनाइएको छ भने  प्रदेशमा एक जेष्ठ आरोग्य बनाउने  कुरामा जोड दिइएको छ । त्यसका लागि १ अर्ब ८८ करोड १२ लाख रुपैया छु्ट्याइएको छ ।  उता, खेलकुद अन्तर्गत आठौ खेलकुद सम्पन्न गर्न दुई अर्ब रुपैयाँ छुट्याइ्रएको छ ।  

------------------------

सरकारले पर्यटन प्रवद्धन तथा विस्तार गर्न ५ अर्व २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ ।  त्यस्तै आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने सन् २०२० मा भिजिट नेपाल अभियान चलाउने अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । त्यसै गरी बाह्रै मास पर्यटन आउने व्यवस्था गर्न होटल, रेष्टुरेन्ट व्यवस्थित गराउने तथा पर्यटन क्षेत्रको सुचना व्यवस्थित गरेको सरकारले जनाएको छ । पर्यटक उदारको भरपर्दो व्यवस्था मिलाउने योजना बनाएको बजेटमा उल्लेख छ । 

-----------------------

सरकारले युवा उद्यमीलाई लगानीमा आकर्षित गर्ने उद्देश्यले व्यवसाय च्यालेन्ज फन्ड बनाउने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा महिलालाई महिलालाई स्वरोजगार बनाउन उद्यमशीलता तालिमको व्यवस्था गरिने छ । त्यस्तै, हाल देशभित्र पर्याप्त अवसरको विकास नभइसकेको अवस्थामा अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीलाई उपयोग गरिने छ । तर, शिप सिकेरमात्रै विदेश जान पाइने छ ।वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै प्रदेशमा   श्रम सेवा कार्यालयको स्थापना गरिनेछ । यस्तै विदेशबाट फर्किने युवालाई परियोजनामा आधारित १० लाख ऋण दिने र त्यस्तो ऋणको सुरक्षणको लागि बीमाको व्यवस्था गरिनेछ ।

--------------------------

अर्थमन्त्री यूवराज खतिवडाले स्वास्थ्य क्षेत्रको विकासका लागि ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।  आज २०७५–७६ को बजेट भाषण गर्दे उनले ५६ अर्ब बजेट विनियोजन गरेका हुन् । उनले प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताँउदै  १२ सय वडामा स्वास्थ्य केन्द्र निर्माणका लागि ४ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।  उनले स्वास्थ्य विमा देशभर बिस्तार गर्ने, गर्भवतीलाई यातायात खर्च दोब्बर गरेको, सिकलसेल रोगको अनुगमन गर्ने,  प्रत्येक स्थानीय निकायका एक चिकित्सक उपलब्ध गराँउने,  अस्पतालमा जेष्ठ नागपरिक वार्ड राखिने, घुम्ति अस्पताल सञ्चालन गरिने उल्लेख गरेका छन् । यस्तै आर्युवेदिक विश्वबिद्यालय सञ्चालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको बताएका छन् ।

-----------------------

सरकारले उच्च शिक्षा हासिल गरेको युवालाई ५ प्रतिशत ब्याजदरमा व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितोमा रु ७ लाख सम्म दिने भएको छ ।आज अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ को बजेट भाषणमा सो घोषणा गरेका छन् । बजेट भाषणमा त्यस्तो कर्जाएको अनिवार्य सुरक्षणका लागि बीमा गर्ने व्यवस्था मिलाइएको पनि मिलाइएको बताए ।

-------------------------------

सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिए । 

---------------------------

भौतिक पूर्वाधारको विकास, ऊर्जा, सिंचाई क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि सारेको छ । बजेटले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसैगरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, सातवटै प्रदेशबाट श्रम स्वीकृतिका लागि आवश्यक कार्यालयको व्यवस्था गरिने भएको छ । 

---------------------------
शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा रु एक खर्ब ३४ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा रु सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रम समेत बजेटमा समावेश छ । 

---------------------------

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो । 

---------------------------

संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेश गरेका छन् ।  नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

-----------------------------------

मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५-७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान९बजेट० संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप