बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैदानमा फर्कदै वार्नर र बानक्रोफ्ट

मङ्गलबार, १५ जेठ २०७५, १६ : १०
मङ्गलबार, १५ जेठ २०७५

डारविन । प्रतिबन्ध खेपिरहेका अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नर र क्यामरुन बानक्रोफ्ट अगामी जुलाई देखि खेल मैदानमा फर्कने भएका छन् ।

डारविनमा हुने सिमित ओभरको प्रतियोगिताबाट उनीहरु खेलमा फर्कन लागेका हुन् ।

दक्षिण अफ्रिकामा बल ट्याम्परिङ स्क्याण्डलमा परेका दुवैलाई राज्य र अन्तर्राष्ट्रिय स्तरको क्रिकेटबाट प्रतिबन्धित गरिएको थियो ।

यद्यपि, उनीहरु क्लबस्तरीय खेलमा भने खेल्न पाउनेछन् । र, उनीहरु महिना लामो चल्ने स्ट्राइक लिगमा सहभागी हुनेछन् ।

‘म यसका लागि निकै उत्साहित छु,’ वार्नरले भने ।

२५ वर्षीय ब्याट्सम्यान बानक्रोफ्टले पूरै प्रतियोगिता खेल्नेछन् भने ३१ वर्षीय वार्नरले २१ र २२ जुलाईमा हुने दुई एकदिवसीय खेल खेल्न बताइएको छ ।

नर्दन टेरिटोरी क्रिकेटका प्रमुख जोइल मोरिसनले दुवै खेलाडीहरुलाई अनुबन्ध पाएकोमा खुसी व्यक्ति गरेका थिए ।

गत मार्चमा भएको बल ट्याम्परिङको घटनामा वार्नर र कप्तान स्टीभन स्मिथलाई वर्ष लामो प्रतिबन्ध सुनाइएको छ भने बानक्रोफ्ट नौ महिनाका लागि प्रतिबन्धित भएका छन् ।

२८ वर्षीय स्मिथले ग्लोबल टी–२० क्यानाडा लिगबाट खेलमा फर्कदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप