शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्रकी सानी परी ‘एन्जल’

मङ्गलबार, १५ जेठ २०७५, १४ : १९
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ– तपाईंले चलचित्र ‘हैरान’ हेर्नुभएको छ भने त्यसको एउटा चरित्रले तपाईंको मन अवश्य पनि छोएको हुनुपर्छ । किनभने त्यो चरित्र धेरैले रुचाएका छन् । त्यो हो ‘प्रियासा’ ।

‘प्रियासा’को भूमिकामा छिन् बालकलाकार एन्जल राई । जसको चर्चा पछिल्लो समय चुलिँदो छ । केही साता पहिले रिलिज भएको ‘हैरान’मा उनले सडक बालिका ‘प्रियासा’को भूमिका निर्वाह गरेकी थिइन् । जुन भूमिकाबाट उनले दर्शकको ताली र तारिफ दुवै पाउन सफल भइन् ।

केही दिन पहिले यी नै एन्जल बागबजारको ह्यालो क्याफेमा भेटिएकी थिइन् । आमाको साथमा भेटिएकी उनले ‘हैरान’को भूमिकाबाट धेरैको मन जित्न सकेकोमा खुसी व्यक्त गरिन् । ‘हैरानमा मैले राम्रै गरेकी रहेँछु’ उनले भनिन् ‘चलचित्र हेर्दा आफ्नै भूमिका र अभिनय मन प¥यो ।’

एन्जलले ‘हैराना’मा बालआश्रमबाट भगुवा बालिकाको भूमिका निर्वाह गरेकी थिइन् । १० वर्षीया एन्जल अभिनित यो नै पहिलो चलचित्र भने होइन । उनले ९ चलचित्र, डकुमेन्ट्री र म्युजिक भिडियोहरूमा पनि अभिनय गरिसकेकी छन् । तर प्रदर्शनमा आएको भने दुई चलचित्र मात्र हो । ‘हैरान’ अगाडि ‘जोनी जेन्टलम्यान’ आएको थियो । ‘फेरि फेरि’लगायत केही चलचित्र प्रदर्शनको क्रममा छ भने उनी अहिले ‘क्याप्टेन’ र ‘यात्रा : अ म्युजिकल ब्लग’ अभिनयरत छिन् । 

६ वर्षकको उमेरमा ‘ड्याडी आई लभ यू’ गीतको भिडियोबाट उनले मोडलिङ थालेकी हुन् । अहिलेसम्म उनले दुई हलिउड चलचित्रसमेत अभिनय अनुभव सँगालेकी छन् । अभिनय र मोडलिङमा रुचि भएकी उनले भविष्यमा सफल हिरोइन बन्ने लिएकी छन् । 

राई बुबा र नेवार आमाबाट जन्मेकी एन्जलमा एक किसिमको अद्भूत प्रतिभा लुकेको छ । उनी अभिनय र नृत्यमा मात्र नभएर बोल्न पनि उस्तै प्रखर छिन् । त्यसैले उनलाई धेरैले भन्छन्, ‘इन्टरकास्टको प्रभाव ।’ प्रश्न राख्न नपाउँदै उत्तर दिने उनको खुबी गजबको छ । जो नेपाली चलचित्रका कमै सेलिब्रेटी भेटिन्छन् ।

फिल्म यात्रा
एन्जलको फिल्मी यात्रा ‘हैरान’बाट सुरु भएको हो । त्यतिखेर उनी ८ वर्षकी मात्रै थिइन् । सो समय उनले इन्टरनेटबाट ‘हैरान’का लागि बालकलाकारको अडिसन भइरहेको थाहा पाइन् । आमाको सहयोगले उनले पनि अडिसन दिइन् । अडिसनमा सहभागी ५० भन्दा बढी आफू जस्तालाई उछिनेर उनले ‘प्रियासा’ बन्ने अवसर हात पारिन् । ‘पहिलो पटक त डर लाग्यो नि’ उनले क्यामरा फेसनको अनुभव सुनाइन् ‘क्यामेराका अगाडि डराएको चाहिँ होइन । कतै बिग्रिन्छ कि, मलाई निकाल्छन् कि भनेर डराएकी थिएँ ।’ ‘हैरान’ नसकिँदै उनले ‘जोनी जेन्टलमेन’ अभिनय गरिन् । ‘हैरान’को प्रदर्शनमा केही ढिलो हुँदा दर्शकले उनको पहिलो अभिनय भने जोनी जेन्टलम्यानमा देख्न पाए । उनी अहिले अभिनेता अनमोल केसीसँग चलचत्र ‘क्याप्टेन’ र सलिमान बनियासँग ‘यात्रा ः अ म्युजिकल ब्लग’ गरिरहेकी छन् । यी दुवै अहिलेका राम्रा अभिनेता हुन् । राम्रो अभिनेतासँग अभिनय गर्न पाउँदा आफ्नो भविश्य पनि उज्ज्वल हुने उनको भनाइरहेको छ । ‘जोनी जेन्टलम्यान’मा नायिक आँचल शर्माको इमानदार विद्यार्थीको भूमिका निर्वाह गरेकी उनले ‘आवर गर्ल’ अङ्ग्रेजी चलचित्रमा कुमारी देवीको भूमिका गरेकी छन् । छोटो समयमै विभिन्न किसिमका भूमिका निर्वाह गर्ने अवसर पाएकी एन्जल जुनै भूमिका दिए पनि गर्न सक्ने बताउँछिन् । 

कक्षा ५ की छात्रा
एन्जल बागबजारस्थित ड्रिमल्यान्ड स्कुलक कक्षा ५ की छात्र हुन् । अभिनयमा राम्रो प्रतिभा भएकी उनी पढाइमा पनि अब्बल रहँदै आएकी छन् । अभिनयमा लागेपछि उनले अध्यायन बिगार्लिन् भन्ने अभिभावकको चिन्ता थियो । तर अभिनयमा होमिएपछि झन् उनले अध्ययनमा राम्रो गरिरहेकी छन् । कक्षामा राम्रो अध्यायन गर्ने छात्रा उनी चलचित्र अभिनयपछि झन् फस्ट आउन थालिन् । सुटिङको समय उनको स्कुल नछुट्ने पनि होइन । सो समय छुटेको पाठ उनी साथीभाइको नोट मागेर सिक्ने गर्दछिन् । यस्तो अवस्थामा राति अबेरसम्म अध्यायन गर्ने उनको बानी छ । अभिनय उनको रुचिको विषय हो । त्यसैले अध्ययन बिग्रियो भने परिवाले अभिनयबाट टाढा राख्दिन्छन् भन्ने डरले पनि उनी रातभर अध्ययन गरेर अध्ययन राम्रो बनाउने गर्दछिन् । 

अभिनय प्रतिभा
एन्जलको अभिनय प्रतिभा देख्नेले उनी वर्षांैदेखिको अभिनयका विद्यार्थी होलिन् भनेरसमेत भन्ने गरेका छन् । धेरै सङ्ख्यामा चलचित्र र म्युजिक भिडियो अभिनय गरेकी एन्जलले अभिनय कहीँबाट सिकेकी छैनन् । ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै कलाकारितामा उज्ज्वल भविष्य लिएर अगाडि बढिरहेकी एन्जलको कला र प्रतिभा जन्मजातै हो । अभिनयमा उनलाई एक पटक सिन सम्झाए पुग्छ । उनीसँगै अभिनय गर्ने ठूला कलाकारले बिगार्छन्, बरु उनको अभिनय बिगँ्रदैन । डे नाइट जुनै समय पनि उनी सुटिङका लागि तयार हुन्छिन् । रात्रि सुटिङको समय सिन नभएको बेला स्पोटमा सुत्छिन् । उनको निद्रा पनि चलाख छ । निद्रामा पनि एक पटक एन्जलभन्दा सजिलै बिउछिन् सक्छिन् ।

बच्चैदेखिको रुची
अभिनयको बारेमा उनको त्यस्तो केही बुझाइ छैन तर बच्चादेखिकै अभिनयमा आफ्नो रुची भएको उनले बताइन् । अभिनयको अलवा उनी नाच्न र गीत गाउँन सक्छिन् । उनको अभिनय साथी तथा शिक्षकले समेत मन पराएका छन् । चलचित्र अभिनय र अध्ययन सँगसँगै लैजाने उनको सोच छ । उनले भविष्यमा राम्रो अभिनेत्री र सामाजिक कार्यकर्ता बन्ने उद्देश्य लिएकी छन् । ‘सबै प्रकारको अभिनय गर्न सक्ने अभिनेत्री बन्ने मेरो लक्ष्य छ’, उनले भनिन्– ‘अरूलाई सहयोग गर्ने सामाजिक कार्यकर्ता पनि बन्न चाहन्छु ।’

हलमै चलचित्र हेर्छु
अभिनय मात्र होइन, उनी चलचित्र हेर्न पनि रुचाउँछिन् । नेपाली र हिन्दी दुवै प्रकारका चलचित्र उनले हेर्ने गरेकी छन् । हलमै गएर चलचित्र हेर्न रुचाउने उनले पछिल्लो समय हेरेको ‘शत्रु गते’ हो ।  परिवारसँगै गएर उनले हरेक चलचित्र हेर्ने गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप