शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलद्वारा फाबिन्होलाई ३.२ करोड पाउण्डमा अनुबन्ध

मङ्गलबार, १५ जेठ २०७५, १३ : ५५
मङ्गलबार, १५ जेठ २०७५

लण्डन । लिभरपुलले मोनाकोका मिडफिल्डरलाई नयाँ सिजनका लागि अनुबन्ध गर्ने सहमति गरेको छ ।

२४ वर्षीय ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीले आगामी जुलाई १ मा च्याम्पियन्स लिगको फाइनलिस्ट टोलीसँग आबद्ध हुनेछन् ।

उनलाई ३.९ करोड पाउण्डमा अनुबन्धन गर्ने भनिएपनि यो रकम ४ करोड पाउण्डभन्दा बढी पुग्ने अनुमान गरिएको छ । 

थप ४० लाख पाउण्ड रकम उनको प्रदर्शनको आधारमा बोनस दिइने बताइएको छ ।

‘यो यस्तो कुरा हो जुन मैले सँधै चाहन्थे । यो ठूलो टोली हो,’ फाबिन्होले भने, ‘म निकै उत्साहित छु ।’

फाबिन्होले राइट ब्याकका रुपमा करियरको शुरुवात गरे पनि उनी पछिल्लो समय रक्षात्मक मिडफिल्डरको रुपमा आफूलाई स्थापित गरेका छन् ।

मोनाको सन् २०१३ मा पोर्चुगिज टोली रियो एभबाट फ्रेन्च क्लब मोनाकोमा लोनमा आबद्ध भएका थिए । उनले सन् २०१६–१७ मा क्लबमा फ्रेन्च लिगको उपाधि पनि जितेका छन् ।

सन् २०१५ मा दीर्घकालिनक रुपमा क्लबमा आबद्ध भएका उनले गत सिजन ४७ खेलमा ८ गोल गरेका थिए ।

क्लबका लागि उनले खेलेका २२५ खेलमा उनको आगमनसँग एमरे च्यानले क्लब छाड्ने चर्चा चलेको छ । उनी युभेन्टस जाने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप