बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो पटक विश्वको टप टेन ब्राण्डको  सूचीमा दूई चिनियाँ ब्राण्ड समावेश, गुगल नम्बर वान

मङ्गलबार, १५ जेठ २०७५, १३ : ४८
मङ्गलबार, १५ जेठ २०७५

विश्वका मूल्यवान ब्राण्डहरुको नयाँ सूची सार्वजनिक भएको छ । र, पहिलो पटक शीर्ष दुई स्थानमा चीनका दुई ब्राण्डहरु परेका छन् ।

अलिबाबा र चिनियाँ प्रविधि समूह टेनसेन्ट मूल्यवान ब्राण्डको शीर्ष १० स्थानमा परेको छ । यी दुई चिनिया ब्राण्डहरु गुगल र एप्पलजस्ता प्रतिष्ठित ब्राण्डसँगै शीर्ष दश स्थानमा परेका हुन् ।
ब्राण्डजेड सूची भनिने यो सूची प्रत्येक वर्ष डब्लुपीपी र कन्टार मिलवार्ड ब्राउनले प्रकाशित गर्ने गर्छन् ।

ज्याक माको विद्युतीय व्यापार साइट अलिबाबा शीर्ष ९औं स्थानमा छ । मोबाइल भूक्तानी र क्लाउड कम्प्युटिङ्गजस्ता नयाँ क्षेत्रमा हालै सेवा विस्तार गरेको अलिबाबाको ब्राण्ड मूल्य लगभग दोब्बर बढेर ११३ अर्ब डलर भएको छ ।

अलिबाबाले पछिल्लो समय ब्राजिल, चिल्ली र अन्य ल्याटिन अमेरिकी देशहरुमा आफ्नो पकड बढाइरहेको छ । यसको इजरायल, स्पेन र दक्षिण कोरिया पनि बलियो उपस्थीति रहेको छ । 

त्यस्तै शेन्झेनमा आधारित टेन्सेन्टले त फेसबुकलाई समेत पछाडी पारेर पाचौं स्थानमा पुगेको छ । सन् २०१७ मा पहिलो पटक ब्राण्डजेड सूचीको शीर्ष स्थानमा पर्न थालेको टेन्सेन्ट भन्दा अघि गुगल,

एप्पल, एमेजन र माइक्रोसफ्ट मात्र छन् । अघिल्लो वर्षभन्दा ६५% बृद्धी भएर यसको ब्राण्ड मुल्य १७९ अमेरिकी डलर भएको छ ।

टेन्सेन्ट अनलाई गेमिङ्ग, एप्स, इन्स्ट्यान्ट म्यासेजिङ्ग सेवा र अनलाईन भूक्तानीमा केन्द्रित छ । बजार क्यापिटलाइजेशनमा यसको मूल्य ४९० अमेरिकी डलर छ । 
 

यो वर्षका शीर्ष दश ब्राण्डहरु यस प्रकार रहेका छन्ः
१.गुगल
२.एप्पल
३.अमेजन
४.माइक्रोसफ्ट
५.टेनसेन्ट
६.फेसबुक
७.भिसा
८.म्याकडोनाल्डस्
९.अलिबाबा
१०.एटी एण्ड टी
शीर्ष स्थानमा रहेको गुगल विगत १२ वर्षमा ८ चोटी शीर्ष स्थानमा परिसकेको छ । गुगलको ब्राण्ड मुल्य यो वर्ष ३०२ अर्ब अमेरिकी डलर रहेको छ । यो मुल्य अघिल्लो वर्षको भन्दा २३% को वृद्धी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप