प्रदेश ७ का 'गरिब' मुख्यमन्त्रीका धनी मन्त्रीहरु ! (सम्पत्ति विवरणसहित)
टंक कुँवर
धनगढी – प्रदेश नम्बर ७ प्रदेश मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठनको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले आज सम्त्तिी विवरण सार्वजनिक गरेका हुन् ।
सम्पत्ति विवरणमा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट सबैभन्दा ‘गरीब’ देखिएका छन् । उनको सम्पत्ति विवरणमा बैंक मौज्दात ७० हजार, एक तोला सुन, १५ तोला चाँदी, एक गाई, एउटा मोबाइल र एउटा हातेघडी रहेको उल्लेख गरिएको छ । भट्टको वित्तीय ऋण एक लाख ४० हजार र व्यक्तिगत ऋण दुई लाख रहेको उल्लेख छ ।
तर, मन्त्रीहरु प्रकाश बहादुर शाह, दीर्घ बहादुर सोडारी, पठान सिंह वोहरा, झपट वहादुर बोहरा, माया भट्ट र विनिता चौधरीको सम्पत्ती विवरण हेर्दा आर्थिक रुपमा सबल देखिन्छन् । सम्पत्ति विवरण अनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहको सुखनमात्रै ५२ तोला रहेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहराको ४० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’