म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ
काठमाडौँ । फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् ।
नेपाली राष्ट्रिय टिमबाट लामो सयम फुटवल मैदानमा रहेका केसी नेपाली फुटवलमा राम्रा खेलाडी मानिन्छन् ।
इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।
प्रहरी स्रोतका अनुसार उनीहरुले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा सट्टेबाजी गराएका थिए ।
संगठित रुपमा सट्टेबाजी गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ ।
सट्टेबाजका डन मानिले नागराजको सदस्यको रुपमा काम गर्दै आएको यो समूहले सट्टेबाजी सँगै म्याच फिक्सिङ समेत गर्र्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामा पनि अञ्जन केसी समुहका सदस्य हुन् ।
पछिल्लो सिजनमा मात्रै यो समूहले सट्टेबाजी गरेर करौडौंको करोबार गरेको पाइएको छ ।
यसअघि, म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका केसी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र हैटीबिचको खेल सुरु, दुबै टोली पहिलो जितको खोजीमा
-
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण