शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ

मङ्गलबार, १५ जेठ २०७५, १० : २०
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् । 

नेपाली राष्ट्रिय टिमबाट लामो सयम फुटवल मैदानमा रहेका केसी नेपाली फुटवलमा राम्रा खेलाडी मानिन्छन् ।

इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा सट्टेबाजी गराएका थिए ।

संगठित रुपमा सट्टेबाजी गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ । 

सट्टेबाजका डन मानिले नागराजको सदस्यको रुपमा काम गर्दै आएको यो समूहले सट्टेबाजी सँगै म्याच फिक्सिङ समेत गर्र्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामा पनि अञ्जन केसी समुहका सदस्य हुन् । 

पछिल्लो सिजनमा मात्रै यो समूहले सट्टेबाजी गरेर करौडौंको करोबार गरेको पाइएको छ ।

यसअघि, म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका केसी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप