शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पले पठाएको पत्रलाई शिक्षिकाले जाँचिन्, ट्रम्प झण्डै ‘फेल’ !

सोमबार, १४ जेठ २०७५, १७ : २७
सोमबार, १४ जेठ २०७५

एजेन्सी । ग्रीनभिल पब्लिक स्कुलमा आफ्नो सत्र वर्षे लामो अङ्गेजी शिक्षण पेसामा उनले यस्ता गल्तीहरु पहिले पनि धेरै पटक भेटेका थिइन् ।

अनावश्यक शब्दहरुको प्रयोग, क्यापिटल अक्षरको गलत ठाँउमा प्रयोग, स्पष्टताको अभाव र के भन्न खोजेको निदृष्टताको अभाव ।

तर यो पटक म्यासनले कुनै विद्यार्थीको कपि जाँचिरहेकी थिइनन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्राप्त पत्र पढ्दै थिइन् ।

“मैले यति धेरै मुर्खतापूर्ण गल्तीहरु भएको पत्र कहिल्यै पनि पाएको थिइनँ,” म्यासनले भनिन् ।

हाई स्कूलकी पूर्व शिक्षिकाले त्यसपछि त्यही कार्य गरिन् जुन उनले हजारौँ पटक गरेकी थिइन् : उनले पत्रमा रहेको गल्ती सच्याएर फिर्ता गरिदिइन् । तर, यो पटक जाँचिएको सामाग्री ह्वाइट हाउस फर्केको थियो ।

यो पत्र उनले फेब्रुअरी १४ मा फ्लोरिडाको एक स्कूलमा भएको गोलीबारी बारेमा राष्ट्रपतिलाई लेखेको पत्रको प्रत्युत्तर थियो । यस पत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर रहेको छ ।

म्यासनले जाँचेको पत्रको एक तस्वीर हाल सामाजिक सञ्जालमा निक्कै शेयर भइरहेको छ ।

“जब तपाई सरकारको सबैभन्दा उच्च तहबाट पत्र पाउनुहुन्छ, कम्तिमा पनि प्राविधिक शुद्धताको आश गर्नुहुन्छ नै,” म्यासनले भनिन् ।

उनले मुख्यत ट्रम्पको पत्रमा दोहोरिएर प्रयोग भएका जातिबाचक नाम ‘नेसन’, ‘फेडरल’, ‘प्रेसिडेन्ड’ र ‘स्टेट’ व्यक्तिबाचक नामजसरी क्यापिटलमा लेखिएको गल्ती औँल्याएकी छिन् ।

उनले ट्रम्पको पत्रमा ११ ठाँउमा गलत रुपमा प्रयोग भएको क्यापिटल अक्षर पहिचान गरेकी छिन् ।

म्यासनले केही गल्तीका कारण पनि पत्रको छेउमा खुलाएर लेखेकी छिन् । जस्तो “‘फेडरल(संघिय)’ शब्द सरकारी एजेन्सीको नाममा प्रयोग हुदाँ मात्र क्यापिटल लेखिन्छ” म्यासनले लेखेकी छिन् ।

उनले डोनाल्ड ट्रम्पको पत्र जाँचे पनि त्यसमा ग्रेड भने दिएकी छैनन् ।

“यदी यो पत्र मिडल स्कुलमा लेखिन्थो भने यसलाई म ‘सी’ वा ‘सी प्लस’ दिन्थे,” उनले भनिन्“ यदी यो हाई स्कुलमा लेखिन्थ्यो भने म ‘डी’ ग्रेड दिन्थें ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप