बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेटको पुर्वसन्ध्यामा सेयर बजारमा रौनक, झण्डै ३६ अंकको बढोत्तरी

सोमबार, १४ जेठ २०७५, १६ : ०१
सोमबार, १४ जेठ २०७५

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको (२०७५÷७६) बजेट मंगलबार पेश गर्दैछ ।

बजेटको पुर्वसन्ध्यामा सेयर बजारले युटर्न लिएको छ । सोमबार नेप्से परिसुचक  झण्डै ३६ अंकले बढेको छ । 

कारोबार शुरु भएको पहिलो एक घण्टासम्म रातो देखिएको बजार त्यसपछि बढ्न थालेर कारोबारको अन्तिममा आइपुग्दा ३५.९८ अंकको सुधार आएको हो । 

यस दिन ४७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । 

आगामी आर्थिक वर्षको बजेटले म्युचुअल फण्डलाई कडाई गर्ने संकेत देखिएको छ । 

फण्डले आफुसँग भएको रकम बैंकमा मुद्दती निक्षेपमा राखेको भन्दै त्यसलाई कडाइ गर्नेगरि बजेट आउन लागेको हल्लाले बजार शुरुमा घटेर बढ्न थाल्यो र अन्तमा बढेरै बन्द भयो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि एक कार्यक्रममा म्युचुअल फण्ड पुँजी बजारलाई परिचालन गर्न अर्थात दोस्रो बजारको विकास गर्नको लागि भएपनि उनीहरुले राम्ररी काम नगरेको भनेका थिए । 

यसले गर्दा पनि आगामी बजेट म्युचुअल फण्डलाई कडाई गर्ने खालको हुन्छ भन्ने कतिपयको आंकलन छ । 

आज सबै समुहमा हरियाली देखिदा सबैभन्दा बढी बिमा समुहमा २७२.४४ अंकको उछाल आएको छ । 

होटल समुह १०१.११ अंकले बढेको छ भने माइक्रोफाइनान्स समुह ५९.०२ अंकले बढेको छ । 

यता, विकास बैंक समुहतर्फ भने ४८.२८ अंकको बढोत्तरी भएको छ ।  सबै समुहमा बृद्धि भएको छ । 

बजार बढेको दिन सिटिजन्स बैंककको संस्थापक सेयरको खरिदबिक्रि सबैभन्दा बढी भएको छ । 

सिटिजन्सको ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको हो । 

दोस्रो बढी कारोबार हुनेमा ग्लोबल आइएमइ बैंकको संस्थापक सेयर छ । ग्लोबल आइएमइको २ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

तेस्रो बढी कारोबार हुनेमा नेपाल बैंक रहेको छ । 

यसको एक करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो । 

आज बजार समग्रमा २.७७ प्रतिशतले बढेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप