शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद मन्त्रीको भाइरल फोटोको यो हो खास कथा

सोमबार, १४ जेठ २०७५, १७ : ५०
सोमबार, १४ जेठ २०७५

काठमाडौं– सोसल मिडियामा भाइरल एउटा फोटोको कारण यतिबेला यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा चर्चामा छन् ।

मन्त्रीको फोटोमाथि सकरात्मक चर्चा पनि छ र नकरात्मक पनि । तर, अलि बढी नकरात्मक चर्चा सोसल मिडियामा देखिन्छ ।

मन्त्रीले एउटा कृषि फर्म उद्घाटन गर्दै गरेको फोटो सोसल मिडियामा जहाँत्यहीँ छ । तर, यो कहाँको हो रकहिले भएको कार्यक्रम हो भन्ने विस्तृत समाचार चाहिँ कहीँ छैन् । 

मन्त्री विश्वकर्माले भैँसीगोठ ‘उद्घाटन’ गरेको एउटा भाइरल फोटोको खास कथा के हो ?

हामीले जान्ने कोशिष गर्र्यौँ ।

फोटो कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीको हो ।

त्यहाँ मन्त्री विश्वकर्मा भैँसीगोठ ‘उद्घाटन’ गर्न पुगेका हुन् ।

त्यहाँ सिम्लेनेपाने कृषि सहकारीले भैसी पालन शुरु गरेको छ, जहाँ ६–७ वटा भैसी छन् ।

त्यहीँ भैँसीगोठ ‘उद्घाटन’ गर्न पुगेका हुन मन्त्री विश्वकर्मा ।

खासमा उनी काठमाडौंबाट जाँदा त्यहाँ गएर भैँसीगोठ ‘उद्घाटन’ गर्ने कार्यक्रम थिएन् ।

जव उनी पोखरा पुगे कृषि सहकारीका प्रतिनीधिले उनलाई भैँसीगोठ ‘उद्घाटन’ का लागि लिएर गए ।

मन्त्रीले पनि ‘जान्नँ’ भनेनन् ।

खासमा मन्त्री पोखरा अन्नपूर्ण–४ मा रहेको बहादुरे माविको पर्खालको शिलान्यास गर्न त्यहाँ गएका थिए ।

तर, बीचमा अर्को कार्यक्रम थपियो ।

मन्त्री पहिला कार्यतालिकामै नरहेको भैँसीगोठ ‘उद्घाटन’ कार्यक्रममा पुगे ।

मन्त्री पुग्दा खास तयारी केही थिएन् ।

हतार–हतार रातो रिवन बाँधियो ।

पुरानो कैचीले मन्त्रीले रिवन काटे ।

उदघाटन सकियो ।

सवैले ताली पिटे ।

त्यतिन्जेलसम्म कार्यक्रम भयो, कुनै बहस थिएन ।

जव केही समयपछि आयोजकले नै भैँसीगोठ ‘उद्घाटन’ गर्दै गरेको अस्वभाविक फोटो फेसवुकमा हालेर हल्ला गर्न थाले ।

एकछिनमा भाइरल भयो ।

देशमा मात्र होइन विदेशमा रहेका नेपाली पनि उक्त फोटो सेयर र फोटोमाथि टिप्पणी गर्नमा सहभागी भए । र, यो बहस अहिलेसम्म पनि कायमै छ । 

पोखरामा यतिबेला ‘एसियाड गेम्सको क्लोज क्याम्प’ चलेको छ । 

तर, मन्त्री यसपाली पोखरा जाँदा त्यहाँ पुगेनन् ।

खेलसँग सरोकार राख्नेहरुले मन्त्री त्यहाँ पुगेको भए राम्रो हुने बताउछन् । 

मन्त्रीका स्वकीय सचिव सुशील विकेले भाइरल फोटोबारे भने 

-हामी किसान र ग्रामीण परिवेश बाट आएकाले स्वभाविक भयो ।

-उहाँ खेलकुद मन्त्री मात्र होइन । यूवा मन्त्री पनि हो । यूवा स्वरोजगारको काम पनि हेर्छ । यूवा उद्यमशिलताको कार्यक्रम पनि हेर्छ । 

-एउटा मन्त्रालयसँग जोडिएको कुरा भयो ।

-अर्को मन्त्रीज्यूको निर्वाचन क्षेत्र पनि भयो ।

-कृषिको आधुनीकिकरणको नीति पनि हो । 

-कृषिलाई अढि बढी प्रमोशन गर्ने भनेर पनि हो ।

-भावनात्मक कुरा पनि हो । 

-यिनै कुरालाई मध्यनजर गरेर गर्नुभएको हो ।

-गोठ होइन, कृषि फारम पनि हो । 

-हाम्रै भूमिका उद्यमशिलता गर्ने कुरा, कृषिमा आत्मनिर्भर बनाउने -कुरामा मन्त्रीले गर्ने नगर्ने बहस होइन । 

-अर्कोपटक जाँदा हामी एसियाड गेम्सको क्लोज क्याम्पमा जान्छौँ । 

यस अघि पनि मन्त्री विवादमा तानिएका अरु घटना पनि छन् ।

गमलामा धान रोपेर तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेल, जेव्राक्रस मिचेर बाटोकाटेपछि तत्कालीन गृहमन्त्रीबामदेव गौतम र धान रोप्न गएका तत्कालीन कृषिमन्त्री हरि पराजुली अनाबश्यक हर्कत गरेर विवादमा तानिएका थिए । बन मन्त्री हुँदा एलडिओ थुनेर मात्रिका यादव र सिडिओ कुटेर तत्कालीन राज्यमन्त्री करिमा बेगम पनि विवादमा आएका थिए ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप