मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित ब्राण्ड इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा

सोमबार, १४ जेठ २०७५, १३ : ४५
सोमबार, १४ जेठ २०७५

काठमाडौं । चर्चित ब्राण्ड इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको छ ।

नेपाली बजारमा फेशेनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायतका वस्तुहरु भित्र्याउँदै आइरहेको आ. पि. ग्रुपले इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा सञ्चालनमा ल्याएको हो । यस भन्दा पहिला आर.पि. ग्रुपले इण्डीयन टेरेनको शोरुम ललितपुरको लबिम मलमा सञ्चालनमा ल्याएको थियो ।

ब्राण्डेड वस्तुहरुमा युवापुस्ताहरुको आकर्षण बढ्दै गइरहेको बेला यस ब्राण्डले आफ्नो ग्राहकहरुलाई सेवा पुर्याउने उद्देश्यले दरबारमार्गबाट आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । इण्डीयन टेरेन भारत लगायत अन्य मुलुकमा युवा वर्गहरुले रोजाइको ब्राण्ड हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप