शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अध्ययनको निष्कर्ष : सम्पूर्ण जीवको ०.०१% हिस्सा मात्र मानिसको, तर आधा वनस्पतिको विनास गरिसके

सोमबार, १४ जेठ २०७५, ११ : ३४
सोमबार, १४ जेठ २०७५

सम्पूर्ण जीवको विश्लेषण गरिएको एक महत्वपूर्ण अध्ययनले पृथ्वीको बृहत् जीवनमा मानव जाति एकदमै सानो तर अत्यन्त प्रभावशाली रहेको खुलासा गरेको छ ।

उक्त अध्ययन अनुसार विश्वभरी रहेका ७.६ अर्ब मानिसहरूले सम्पूर्ण जीवको ०.०१% हिस्सा मात्र प्रतिनिधित्व गर्छन् । यद्यपि मानव सभ्यताको झिसमिसेदेखि हालसम्म मानिसहरूले सम्पूर्ण वन्यजन्तुको ८३% र आधा वनस्पतिको विनास गरिसकेको छ । 

यो नयाँ अध्ययन प्रत्येक जीवित प्राणीहरूको तौलको विस्तृत गणना गरिएको पहिलो अध्ययन हो । यसले केही लामो समयदेखि रहेका धारणाहरूलाई पनि उल्ट्याएको छ । 
ब्याक्टेरिया निश्चय नै पृथ्वीको प्रमुख जीव हो, यसले सम्पूर्णमा १३% हिस्सा छ । तर वनस्पतीले सबैलाई छायामा पारेको छ । वनस्पती सम्पूर्ण जीवित प्राणीको ८२% छ । कीरादेखि फङ्गीसम्म, माछादेखि जनावरसम्म सम्पूर्ण जीवले विश्वको जैविक पिण्डको ५% भाग मात्र ओगट्छन् ।

अर्को चकित पार्ने तथ्य समुन्द्री जीवको हिस्सामा देखियो । पहिले पृथ्वीमा रहेको जीवनको कुल जैविक पिण्डमा सबैभन्दा बढी समुन्द्रमा रहेको मानिन्थ्यो । तर महासागरका जीवहरूले सम्पूर्ण जैविक पिण्डको १% प्रतिशत मात्र ओगट्दो रहेछ । जीवनको ठूलो हिस्सा जमिनमा आधारित रहेको छ र त्यसमा पनि ठूलो हिस्सा ओगट्ने ब्याक्टेरिया जमिनमुनि रहन्छ ।

“जैविक पिण्डका सबै फरक फरक अवयवको विस्तृत, समग्र गणना हामीसँग छैन भन्ने पाउँदा म चकित परेको थिएँ,” यो खोजको नेतृत्व गरेका इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सका

प्राध्यापक रोन मिलोले भने । “यस अध्ययनको निष्कर्षले पृथ्वीमा मानव जातिको कस्तो अधिपत्य छ भन्ने एक दृष्टिकोण प्रदान गर्ने आशा गरेका छु ।” उनले भने । 

उनी अफैलाई पनि यो अध्ययनको परिणामले प्रभाव पारेको बताए । उनले पशुहरूमा परेको ठूलो वातावरणीय असर देखेर अब आफूले कम मासु खाने बताए ।

मानवीय कृयाकलापले हाम्रो ग्रहमा भइरहेको रूपान्तरणका कारणले अधिकांश वैज्ञानिकहरूलाई नयाँ भूगर्भीय युगको घोषणाको सँघारमा ल्याइपु¥यायो । उनीहरूले सन् १९५० यताको पृथ्वीको समयलाई ‘द एन्ड्रोपोसिन’ युग नाम दिएका छन् । त्यो वर्ष पृथ्वीमा मानवको अधिपत्यको सङ्केत प्रष्ट रूपमा बाहिर आउन थालेको बताउँछन् । यो परिवर्तनको एक निशान भनेको घरपालुवा कुखुराको हड्डी हो, जुन विश्वव्यापी देखिन्छ ।

मानव कृयाकलापले जीवहरूको सङ्ख्यामा परेको असर

यो नयाँ अध्ययनले विश्वमा रहेको सम्पूर्ण पक्षीहरूमध्ये ७०% प्रतिशत पक्षी मानव फार्ममा रहेको देखाएको छ । पृथ्वीका ३०% प्रतिशत पक्षी मात्र वन्य अवस्थामा छन् । 
स्तनधारीको सन्दर्भमा यो तथ्याङ्क झन् विकराल छ । विश्वका कुल स्तनधारीको ४% मात्र जङ्गलमा बस्छन् । मानव जातिले विश्वको स्तनधारीको ३६% भाग ओगट्छन् भने बाँकी स्थानधारी अर्थात् ६०% हिस्सा मानिसको नियन्त्रणमा छन् अर्थात घरपालुवा अवस्थामा छन् ।

“यो निक्कै स्तब्धकारी छ,” मिलोले भने “जब हामी टिभीमा वन्यजन्तुसम्बन्धी कार्यक्रम हेर्छौं, हरेक प्रजातिका प्रशस्त चराहरू देख्छौं तर जब हामीले अध्ययन ग¥यौं तब हामीले त्योभन्दा निक्कै ठूलो सङ्ख्यामा जीवहरू घरमा रहेको पायौं ।”

धेरै वैज्ञानिकहरूले खेती, काठ र विकासका लागि वन्य वासस्थानको विनासले गर्दा अहिले पृथ्वीको चार अर्बको जीवनकालमा छैटौं जीवनको आम संहार (मास एक्स्टिन्सन अफ लाइफ) सुरु हुन थालेको चेतावनी दिइरहेका छन् । 
विगत पचास वर्षमा पृथ्वीका आधा जीवहरू सधैंका लागि लोप भए र यसमा प्रत्यक्ष अप्रत्यक्ष मानिसहरूको हात छ ।

अझ यो नयाँ गणनालाई मानवहरू कृषि गर्न थाल्नुभन्दा अघिको समय र औद्योगिक क्रान्ति सुरु हुनु भन्दाअघिको समयसँग तुलना गर्दा विनासको सम्पूर्ण स्तर थाहा हुन्छ । मानव कृयाले गर्दा छ भागमा एक भाग स्तनधारी मात्र बाँकी रहेका छन् । तीन शताब्दी लामो समुद्रमा जीव समात्ने कार्यले पाँच भागमा एक भाग मात्र समुद्री जीव बाँकी बचेका छन् ।

मानवको यो श्रेष्ठताका बाबजुद मानवको उपस्थिति भने नगन्य छ । सम्पूर्ण मानवको कुल योगभन्दा भाइरसको तौल तीन गुण बढी रहेको छ । माछा मानवभन्दा १२ गुणा ठूलो छ भने फङ्गी २०० गुणा ठूलो । सम्पूर्ण वनस्पती त मानवहरू भन्दा ७,५०० बढी छन् ।

तर मानवको प्राकृतिक संसारमा प्रभाव भने निक्कै ठूलो रहेको मिलोले बताए । यसमा महत्वपूर्ण हात हाम्रो खानाको छनौटको छ । “हामी के खान्छौं त्यसले जनावर, वनस्पती र अन्य जीवको वासस्थानमा निक्कै असर पार्छ,” मिलोले भने ।

“यो खोजले मानिसले गरिरहेको खानाको उपभोगमा परिवर्तन आउने आसा गरेको छु । उक्त अध्ययनको नेतृत्व गरेको भए पनि म आफै साकाहारी भइहाल्दिन तर मेरो खानाको छनौट र मात्राले वातावरणमा पार्ने असरबारेमा म ध्यान पु¥याउनेछु ।”
 

कसरी गरिएको थियो यस्तो अध्ययन
अनुसन्धाताहरूले जैविक पिण्डको यो हिसाब सयौं अध्ययनबाट प्राप्त तथ्याङ्कहरूलाई प्रयोग गरेर निकालेका थिए । तीन अधिकांश अवस्थामा ठूलो भूभागको स्क्यान गर्न सक्ने ‘भूउपग्रहिय रिमोट सेन्सिङ’ प्रयोग गरिएको थियो । यसको अतिरिक्त आँखाले देख्न नसकिने सूक्ष्म जीवका लागि ‘जिन सिक्वेसिङ’ प्रयोग गरिएको थियो ।

उनीहरूले एउटा वर्गको जीवको विश्लेषण गरेर सुरु गर्थे र त्यसपछि ती जीवको विश्वव्यापी कुल मात्रा निकाल्नका लागि यी जीवहरू बस्ने सबै खाले पर्यावरणहरू निर्धारण गर्थे । उनीहरूले कार्बनलाई मुख्य मापकका रूपमा लिए । अध्ययनबाट सम्पूर्ण जीवमा ५ खर्ब ५० अर्ब टनको तत्व रहेको पाइयो । 

अनुसन्धाताले केही निश्चित गणनामा उलेख्य अनिश्चितता रहेको स्वीकार गरेका छन् । यो कुरा विशेष गरेर गहिरो स्थानमा रहने ब्याक्टेरियाको सन्दर्भमा लागू हुन्छ । तर पनि यो खोजले महत्वपूर्ण सिंहावलोकन प्रदान गर्ने अनुसन्धाताको विश्वास छ ।

यो अनुसन्धानमा संलग्न नरहेका अमेरिकास्थित रुट्गर विश्वविद्यालयका पल फल्कोस्कीले भने “मेरो जानकारी भएसम्म यो अध्ययन पृथ्वीमा रहेका सम्पूर्ण जीवहरूको जैविक वितरणको पहिलो विस्तृत विश्लेषण हो । यसमा भाइरस समेत समावेश छ ।”

“यो अनुसन्धान पेपरको दुई महत्वपूर्ण निचोड छन्,” उनले भने “पहिलो, मानिसहरू प्राकृतिक सम्पदाहरूको दोहनमा निक्कै क्षमतावान र किफायती छन् । मानिसहरूले खाना र आनन्दको लागि लगभग सबै महादेशहरूका वन्यजन्तुको व्यापक न्यूनीकरणदेखि समूल नष्ट गरेको छ । दोस्रो, जैविक पिण्डमा स्थल वनस्पतीको विश्व स्तरमा अत्यधिक गुणाले अधिपत्य छ । वनस्पतिको अधिकांश जैविक पिण्ड काठको स्वरूपमा रहेका छ ।”

द गार्डियनबाट/ अनुवाद : श्रवण उप्रेती


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप