केन्द्रीय संस्करण

हलो क्रान्तिका नायक अधिकारीको सम्झना

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0

काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । 

अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व अधिकारीको सम्झना गरेको हो । 

लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेल्नुभएको थियो । अधिकारी विसं २०१५ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसदसमेत बन्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गरेको बताउनुभयो । “अधिकारीले राजनीतिक, शिक्षा र सामाजिक अभियान्ताका रुपमा पु¥याएको योगदान उल्लेखनीय रहेको छ”, उहाँले भन्नुभयो । 

पूर्वसभामुख तारानाथ रानाभाटले श्रीकान्त अधिकारी राष्ट्रिय व्यक्तित्व भएकाले नयाँ पुस्ताले उहाँको योगदानका बारेमा जान्न जरुरी छ भन्नुभयो । 

पूर्वसहायकमन्त्री दिनबन्धु अर्याल, पूर्वसांसद डा भीष्मनाथ अधिकारी, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिक, प्रा डा गोविन्द नेपाल, प्रतिष्ठानका उपाध्यक्ष गोकुल दुरालगायतले स्वर्गीय अधिकारी सफा र पारदर्शीमा विश्वास गर्ने दुरदर्शी नेता भएको बताउनुभयो । 

विसं १९८४ जेठ १३ गते जन्मनुभएका अधिकारीको विसं २०६९ कात्तिक ३० मा निधन भएपछि उहाँको सम्झनामा २०७३ फागुन ९ गते दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान स्थापना गरी सामाजिक काम गर्दै आइरहेको प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले जानकारी दिनुभयो । 

प्रतिष्ठानले गत वर्ष एसइइ परीक्षामा लमजुङबाट सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र समीर सेढाईं, छात्रा ऋतु श्रेष्ठ र लामो समयदेखि लमजुङको दुराडाँडामा बसेर समाजसेवा गर्दै आउनुभएका पूर्णभद्र न्यौपानेलाई प्रतिव्यक्ति रु १० हजार नगदसहित सम्मान गरिएको थियो । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X