केन्द्रीय संस्करण

आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0


काठमाडौँ -चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आज पेश गर्नुभएको आज २०७४÷२०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको आठ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ । यसमध्ये कालोपत्र ४४।३, खण्डास्मित २३।५ र कच्ची सडक ३२।२ प्रतिशत पुगेको छ । 

हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित छ हजार ९५६ र कच्ची सडक नौ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ