केन्द्रीय संस्करण

सेनालाई तयारी अवस्थामा रहन रक्षामन्त्री पोख्रेलको निर्देशन

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0

काठमाडौं– रक्षामन्त्री ईश्वर पोख्रेलले वर्षायाम सुरु भएसँगै प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकोले सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आज जंगीअड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै उनले सो निर्देशन दिएका हुन् । 

रक्षामन्त्री पोख्रेलले त्यसका लागि सदैव नागरिकसँगको सम्वादमा रहन समेत निर्देशन दिए । नेपाली सेनाप्रति जनताले समेत गौरव गर्ने भएकोले सेनाको योजना र क्रियाकलाप समेत सोही अनुसार हुनुपर्नेमा मन्त्री पोख्रेलले जोड दिए । नियमित रुपमा सञ्चालन हुँदै आएको पृतनापति समन्वयात्मक बैठक दुई दिन सम्म चल्नेछ ।  

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्री, पिएसओज रथीहरु, अन्य रथी र सैनिक अधिकृतहरुको सहभागिता रहेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ