केन्द्रीय संस्करण

रमादानको अवसरमा कतार एयरवेजको रात्रिभोज

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0

काठमाडौँ । मुस्लिम समुदायको रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकार, नेपाल हज समितिका सदस्य एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ । इफ्तार रमादानको दैनिक उपवासको अन्तका लागि मुस्लिम समुदायद्वारा गरिने एक पारम्परिक भोजन हो ।

नेपाल एक धर्मनिरपेक्ष राष्ट्र भएकाले रमादान अवसर पारेर विभिन्न धर्मका व्यक्तिव्यहरुसँग यो पर्व मनाइएको एयरवेजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कतार राज्यको राष्ट्रिय वाहक “कतार एयरवेज”ले १५० भन्दा बढी ठाउँबाट यात्रीहरूसँग २० वर्षे उत्सव मनाउँदै आएको छ । 

एयरलाइनले २०१८ मा २०० भन्दा बढी आधुनिक एयरक्राफ्ट मार्फत सेवा दिने योजना पनि बनाउको छ । विश्वका १५० गन्तव्यसँग जोड्ने क्रममा कतार एयरवेजले नेपाली यात्रुहरुलाई काठमाडौँदेखि दोहासम्मको ४ दैनिक उडान गर्दै आएको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X