मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रदेश ४ को संसदीय दलमा गुरुङ

आइतबार, १३ जेठ २०७५, १९ : ४२
आइतबार, १३ जेठ २०७५

पोखरा– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नं ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । 

पार्टी एकीकरणपछि दुवै दलका तर्पmबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको आज बसेको पहिलो संसदीय दलको बैठकले गुरुङलाई दलको नेतामा निर्वाचित गरेको प्रदेशसभा सदस्य मायानाथ अधिकारीले जानकारी दिए । 

बैठकमा प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गुरुङलाई संसदीय दलको नेता चयन गर्न राख्नु भएको प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको थियो । 

बैठकले पार्टीको संसदीय दलको विधान निर्माण गर्न प्रदेश सदस्य मायानाथ अधिकारी, रामजीप्रसाद बराल (जीवन) र गायत्री गुरुङ रहनु भएको तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

त्यसैगरी पार्टीको पदाधिकारी टुङ्गो लगाउन संसदीय दलका नेता एवं प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ, पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान रहनु भएको समिति गठन गरेको छ ।  संसदीय दलको बैठक ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप