केन्द्रीय संस्करण

हिमालय फेस वासको शृँखलामा “फ्रेस स्टार्ट” बजारमा

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0

काठमाडौं । हिमालय ड्रग कम्पनीले “फ्रेस स्टार्ट आयलक्लियर फेस वास”को बिक्री शुभारम्भ गरेको छ ।

आज एक समारोहकाबीच छालालाई चिल्लोमुक्त, स्वच्छ र ताजा राख्न मद्दत गर्ने स्ट्रबेरी, पिच, लेमन र ब्लुबेरी जस्ता हितकारी फलहरुको गुण भएको नयाँ फ्रेस स्टार्ट आयलक्लियर फेस वासको बिक्री शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।  हिमालय फ्रेस स्टार्ट आयलक्लियर फेस वास स्ट्रबेरी, ब्लुबेरी, आरु र कागती गरी ४ विकल्पमा उपलव्ध छ ।

हिमालय फ्रेस स्टार्ट कोमल, मुलायम र चिल्लोमुक्त अनुभूतिकालागि गहिरो सफाई गर्न र चिल्लो हटाउन विषेश रुपमा निर्माण गरिएको हिमालयले जनाएको छ ।

बिक्रीशुभारम्भ समारोहलाई सम्बोधन गर्दै दि हिमालय ड्रग कम्पनीको कन्जुमर प्रोडक्ट्स डिभिजनका बिजनेस डाइरेक्टर राजेश कृष्णमूर्तिले दिनभर व्यस्त रहने आजका पुस्ताहरुले आफूलाई फ्रेस स्टार्टको साथमा चिल्लोमुक्त राख्न सक्नेगरी यो फेस वास आएको बताए । फेस वासहरुको बजार मुल्य ५० मिलि प्याकको १२० पर्छ भनें १०० मिलि प्याकको मुल्य २२४ तोकिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X